News Portal

कबिता ~ ढुङ्गाहरुकाे युद्व

हिमाली संचार संवाददाता
१०२९ पटक

– प्रीति अर्याल

मानवबाट हराएको मानव
ढुङ्गाबाट पलाएको मानव
यी दुईमा युद्व

चलेको छ मण्डलामा
अन्याय,अत्याचारले
पराकाष्ठा नाघेपछि
बेदनाकाे अाँसु झार्दै
जुर्मुराएर उठे ढुङ्गाहरु
तब मात्र बाेल्छन् ढुङ्गाहरु
अन्र्तर मनकाे पिडा खाेलछन् ढुङ्गाहरु
रित्तिन लागेको एक मुठ्ठी श्वास ,
बन्धक राखि
अान्दोलनमा छन् ढुङ्गाहरु
निराहार अनसनमा छन्
समवेदना छाती भरि राख्दै
युद्ध गर्दैछन मण्डलामा ढुङ्गाहरु

युद्ध चलेको छ मण्डलामा
अनि
कालान्तरमा माटोको गन्धमा
दुर्गन्ध मिसिने डरले
बिकराल हावाको वेगले
हजारौं ढुङ्गा बाटो भरि छरिए पछि बिनासङ्काेच अाधिले
ढुङ्गाकाे उमंग कैद गर्ने
घाेषणा गरेपछि
विह्वल मनस्थिति बाेकेर
युद्ध गर्दैछन् मण्डलामा ढुङ्गाहरु
युद्ध चलेको छ मण्डलामा

©हाल : काठमाडौं

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...