News Portal

  • कबिता ~ ढुङ्गाहरुकाे युद्व

    हिमाली संचार संवाददाता
    ९५३ पटक

    – प्रीति अर्याल

    मानवबाट हराएको मानव
    ढुङ्गाबाट पलाएको मानव
    यी दुईमा युद्व

    चलेको छ मण्डलामा
    अन्याय,अत्याचारले
    पराकाष्ठा नाघेपछि
    बेदनाकाे अाँसु झार्दै
    जुर्मुराएर उठे ढुङ्गाहरु
    तब मात्र बाेल्छन् ढुङ्गाहरु
    अन्र्तर मनकाे पिडा खाेलछन् ढुङ्गाहरु
    रित्तिन लागेको एक मुठ्ठी श्वास ,
    बन्धक राखि
    अान्दोलनमा छन् ढुङ्गाहरु
    निराहार अनसनमा छन्
    समवेदना छाती भरि राख्दै
    युद्ध गर्दैछन मण्डलामा ढुङ्गाहरु

    युद्ध चलेको छ मण्डलामा
    अनि
    कालान्तरमा माटोको गन्धमा
    दुर्गन्ध मिसिने डरले
    बिकराल हावाको वेगले
    हजारौं ढुङ्गा बाटो भरि छरिए पछि बिनासङ्काेच अाधिले
    ढुङ्गाकाे उमंग कैद गर्ने
    घाेषणा गरेपछि
    विह्वल मनस्थिति बाेकेर
    युद्ध गर्दैछन् मण्डलामा ढुङ्गाहरु
    युद्ध चलेको छ मण्डलामा

    ©हाल : काठमाडौं

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...