News Portal

धादिङ सिद्धलेक गाउँपालिकाका एक जना  पुरुषमा कोरोना पुष्टि

हिमाली संचार संवाददाता
४९२ पटक
२०७७ जेठ ३० शुक्रबार

धादिङ– सिद्धलेक गाउँपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सुचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो ।

ति पुरुषको जेठ २७ गते स्वाब संकलन गरी परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौ पठाइएको र आज पिसिआर रिपोर्ट पोजिटिभ आएको विकले बताउनुभयो । संक्रमित पुरुष हाल सिद्धलेकको क्वारेन्टिनमै रहेका छन् । यससँगै सिद्धलेक गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संङख्या २ पुगेको छ ।

यसअघि सिद्धलेकको वडा नं ५ कुम्पुरकी २३ वर्षिय गर्भवति महिलामा संक्रमण पुष्टि भएको थियो, हाल उनी उपचाररत रहेकी छिन् । यो सँगै जिल्लाभर संक्रमितको संख्या ३१ पुगेको छ । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...