News Portal

गजल

हिमाली संचार संवाददाता
७९४ पटक

– दल बहादुर शाही

कसैले कमाए यहाँ देशको पानी बेचेर
कसैले खुलेआम देश भित्रै राहदानी बेचेर

कमाए सत्ता देखि अाफ्नो भत्ता सम्म
देशकै गरिबले कमाएको लगानी बेचेर

उल्टो सरकारलाई बचाउनु पर्ने भयो
कैयौं युवा युवतीले अब जवानी बेचेर

कलियुगको ईमान्दार लाचार छन यहाँ
चण्डालले कमाए अाफ्नो बेईमानी बेचेर

यस्ता घटना नघटेका हैनन देश भित्र
जेठाजुले कमाएको छ बहुरानी बेचेर

करले अाकाश चुमे पछी अब जनताले
कर तिर्नु परेको छ घर गोठ जे भानी बेचेर।।

©कैलाली, धनगढी

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...