News Portal

सांसद नवीनाले छुटाएका गुण्डा नाइके सत्यमान फेरि पक्राउ

हिमाली संचार संवाददाता
६६९ पटक

काठमाडौं – पूर्वएमालेकी सांसद नवीना लामाले केही महिना अगाडि प्रहरीको कब्जाबाट छुटाएकी गुण्डा नाइके सत्यमान लामा पक्राउ फेरि पक्राउ परेका छन् ।

लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो ।

सत्यमान लामाले गुण्डा नाइके दावा लामाको काठमाडौंको कारोबार सम्हाल्दै आएका थिए । नवीना लामाले सत्यमान लामालाई आफ्नो भाइ बताउने गरेकी छिन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई काट्छु–मार्छु भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको रिपब्लिकदैनिकले समाचार लेखेको छ।

दावा लामाको मुन्सीको रुपमा काम गर्दै आएका सत्यमान लामाका विरुद्ध लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारको उजुरी प्रहरीमा परेपछि गत असार २८ गते पक्राउ गरिएको थियो । नेकपाकी सांसद एवम् केन्द्रिय सदस्य नवीना लामाले प्रहरीलाई दवाव दिएर आफ्नो जिम्मा लिएर छुटाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...