News Portal

बाजुराका पत्रकार सिंह गाउँलेका डाक्टर !

पत्रकार सिंह सरकारी तथा गैरसरकारी कार्यालयहरुले आयोजना गरेका बैठक/गोष्ठीमा सहभागी हुन्छन् । पाएको भत्ता गोजीमा हालेर ल्याउँछन् । घरमा आएर छुट्टै हिसाब राख्छन् । आफूले खर्च गर्दैनन् । त्यो रकम जम्मा गरेर उनी सहाराबिहीनहरुलाई सहयोग गर्छन् !

हिमाली संचार संवाददाता
१९६६ पटक

१९ भदौ, डोटी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश बहादुर सिंहले २०७४ साल साउनदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा सहभागी भए ।

सोवापत पाएको २६ हजार तीन सय ४४ रुपैयाँ भत्ता प्राप्त भयो । तर, उनले त्यो भत्ता आफूले खर्च गरेनन्, सहाराबिहीनहरुलाई बाँडे ।

२०७३ फागुनमा पत्रकार महासंघको अध्यक्षमा निर्विरोध चयन भएका सिंहले आफ्नो कार्यकालमा विभिन्न बैठक/गोष्ठीबाट प्राप्त भत्ताको रकम जिल्लाका पीडितहरूलाई सहयोग गर्दै आएका छन् ।

त्यसो त सिंह अध्यक्ष हुनुअघि पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका थिए । उनले हालसम्म पाएको भत्ता सहाराबिहिनलाई बाँडेका छन् । ‘म २०७४ साल साउनदेखि हालसम्म जिल्लामा भएका विभिन्न ४५ बैठक/गोष्ठीमा सहभागि भएँ’ “द हिमालयन टाइम्स” बाजुरा संवाददाता समेत रहेका सिंहले भने ‘ती कार्यक्रमहरुमा सहभागी भएवाफत पाएको भत्ताको रकममध्ये १७ हजार तीन सय ४४ मैले बाजुरा, बडीमालिका नगरपालिका-८ राप्का घर भएकी ४५ वर्षीया एकल महिला पारू थापालाई सहयोग गरेँ ।’

६ वर्षअघि श्रीमान् गुमाएकी थापालाई भएको जग्गा जमिन खोलाले बगाएपछि दुई छोरा पाल्न धौ-धौ थियो । पत्रकार सिहंले दिएको १७ हजार ३ सय ४४ रूपैयाँले बाख्रा खरिद बाख्रा पालन गर्ने थापाले बताइन् ।

यस्तै गत मंसिरमा भालुको आक्रमणबाट घाइते भएकी बडिमालिका नगरपालिका-९ कि २० वर्षीया कन्चना उखेडाको उपचारका ४ हजार रकम सहयोग गरेका थिएँ । वीर अस्पताल काठमाण्डौंमा पुगेर सिंहले उक्त रकम सहयोग गरेका थिए ।

त्रिबेणी नगरपालिका-७ का १७ वर्षीया नवीन पाध्याय क्यान्सर पीडित छन् । सिहंले नवीनको उपचारका लागि ५ हजार सहयोग गरेका थिए ।

पत्रकार महासंघको जिल्ला शाखा अध्यक्ष भएपछि सिंहले २०७३ फागुनदेखि यता विभिन्न असहाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न आर्थिक, भौतिक सहयोग गरिसकेका छन् ।

सिंहले असाय, टुहुरा र पिडित बालवालिकाहरूको शैक्षिक सामग्री खरिदका लागि भन्दै १७ हजार रकम जिल्ला बाल कल्याण समितिको खाता मार्फत बालबालिकालाई सहयोग गरेका थिए ।

गाउँलेका डाक्टर

पेशाले पत्रकार भएपनि सिंहको शैक्षिक पृष्ठभूमि स्वास्थ्यकर्मीको हो । उनले सहायक स्वास्थ्य कार्यकर्ता (एचए) पढेर केही समय सरकारी स्वास्थ्य संस्थामा पनि काम गरे ।

हाल उनी समाचार संकलनका लागि गाउँतिर जाँदा आफूसँग भएका स्वास्थ्य सम्वन्धी उपकरणहरु र आफूलाई अधिकार भएका औषधि पनि बोकेर जान्छन् ।

गाउँमा कसैले बिरामी छु भनेपछि उनी चेकजाँचमा लागिहाल्छन् । ‘सामान्य समस्या रहेछ भने औषधि दिएर आउँछु’ अनलाइनखबरसँग कुरा गर्दै सिंहले भने, ‘यदि मेरो लेवलबाट समाधान नहुने समस्या रहेछ भने उचित सल्लाह दिएर आउँछु ।’

पत्रकार सिंहले अघि थपे, ‘गाउँतिर त टाउको दुख्दा सिटामोल लिन जाउँ भने पनि धेरै हिड्नु पर्ने अवस्था हुन्छ, यस्तोमा मेरो सानो प्रयासले कसैलाई राहत हुन्छ भने किन नगर्नु ?’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...