News Portal

कविता – महोदय

हिमाली संचार संवाददाता
११३३ पटक

~ प्रवीण नेपाल

महोदय
उता हेर्नुस त
ती बालबालिका
चिच्चाई रहेका छ्न्
बाटोमा भिख मागिरहेछ्न्
खाने अन्न छैन बस्ने ठेगान छैन।
महोदय,
तपाईं भने यस्तो
महङ्गो कारमा
सरर हिड्दा अलिकति
लाज
लागेन ,
गरीब जनता भोकै हुँदा
तिमी पाँचतारे
होटलमा
हुन्छौ
कठै ती बालबालिका
भोकले
छट्पटाउदा तिमी
बियर ह्युस्की सँग ब्यस्त
हुन्छौ
महोदय,
यहि हो त सहि
तिमीलाई कसैको चिन्ता छैन
के गरीब चाहिँ जनता हैनन
भन्नोस् न महोदय,
दिनदिनै बलात्कार र हत्या
हुँदासम्म किन मौन बस्छौ
किन यस्तो महोदय,
देशलाई बढाउछु भन्छौ रे
कसरी अगाडि बढाउछौ
गरिब किसानलाई कर
लगाएर महोदय,
बिहान खाए बेलुकी के खाउ
हुन्छ हामीलाई
तिमी त्यसैमा कर
लगाई आफू महान
ठान्छौ महोदय,
तिम्लाई त के छ र
यता गरिब जनताको कर
उता लाखौं नेपालिको
रेमिटान्स
अनि किन नमोटाउनु
महोदय,
अनि किन नहुनु करौडौको
महल अनि गाडी
किनकी तिम्ले जनतालाई
झुक्याएर आफ्नो
स्वार्थ पूरा गरेको छौ
महोदय,
कहिले पुग्छ बिकटमा
खाद्य सामाग्री र नुन
कहिले पुग्छ स्वास्थ सेवा
कति मर्ने हामी भोकभोकै
महोदय,
तिमी सुख सयलमा बसेर
बिकास बजेट आफ्नै
गोजिमा हालेर
बिकास निर्माण केही
छैन किन,महोदय
तिम्रो स्वार्थको लागि गरीब
भोकै बस्नु पर्ने हो
तिम्रो फाइदाको लागि
अझै कति चेली बलात्कृत
हुनुपर्ने हो महोदय
कति युवायुवतीको लास
बाकसमा फर्कनु पर्ने हो
महोदय,
यसको जवाफ छ त
महोदय
भन्नोस् न महोदय ।।

©सिन्धुपाल्चोक

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...