News Portal

चर्चित रेष्टुरेन्ट बाजेको सेकुवामा सुन काण्डका कारण लगाईएको शिलबन्दी तोडियो

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं – काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ ।

यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी गरेको थियो ।

त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए ।

विशेष अनुसन्धान समितिले गरेको शिलबन्दी विरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । र, १३ भदौमा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएपछि सोमबार शिलबन्दी तोडिएको रेष्टुरेन्टका कर्मचारी सुधिर विक्रम शाहले बताए ।

उनका अनुसार प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो । उता, रेष्टुरेन्टका मालिक भण्डारीको खोजीमा नेपाल प्रहरीले अन्तरार्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...