News Portal

भरतपुरबाट ५ बर्षकी छोरीसहित आमा बेपत्ता, खोजी गरीदिन परीवारको अपिल !

हिमाली संचार संवाददाता
८७५ पटक

चितवन – भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् । धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिना सहित हराएकी हुन् ।

हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए ।

म्याग्दी माइत भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासंग विवाह भएको थियो । अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

परिवारले खोजी गरिदिन भन्दै भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले हुलियासहित कतै देखेमा प्रहरी समक्ष सम्पर्क गराउन जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...