News Portal

  • राहदानीमा गम्भीर त्रुटि : राष्ट्रियता तिब्बतीयन, धादिङकाे ठेगानामा डाेटी

    हिमाली संचार संवाददाता
    १२४४ पटक

    हरिहरसिंह राठौर
    धादिङ — परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् ।

    परराष्ट्र मन्त्रालयकाे राहदानी विभागले लामिछानेलाई तिब्बती नागरिकको रुपमा पासपोर्ट जारी गरेको छ।

    नेपाली नागरिकलाई तिव्बतीयन भन्दै राहदानी विभागले पासपोर्ट जारी गरि दिएपछि लामिछानेराहदानीका कारण तनावमा छिन्। विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा नाम मोक्तिकला लेखिएको छ। त्यति मात्र होइन लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ।

    स्नातकोत्तर तह अध्ययन पुरा गरेकी लामिछानेले आफूले बुझाएको राहदानी आवेदन फाराममा त्यस्तो कुनै गल्ती नभएको दाबी गरिन्। ‘मैले पटक पटक पढेर फाराममा सही गरेकी थिए, लेखपढ गर्न नसक्ने व्यक्ति भए त झुक्किए होलान् भन्न सकिन्थ्यो,’ उनले भनिन्, ‘फाराम गल्ती भए जिल्ला प्रशासनबाट आवेदन स्वीकृत हुँदैन्थ्यो।’

    उनले गत साउन २५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा आवेदन फाराम बुझाएकी थिइन्। भदौ १५ गते जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बुझ्दा आफूलाई तिब्बती नागरिकको रुपमा पासपोर्ट बनेर आएको लामिछानेले बताइन्।

    जिल्ला प्रशासन कार्यालयले विभागको गल्तीले पासपोर्ट बिग्रिएकाले विभागमै गएर तत्काल अर्को पासपोर्ट लिन लामिछानेलाई सुझाव दिएकाे छ । ‘गलत विवरणसहितको पासपोर्ट राहदानी विभागमै फर्काएर अर्को लिनलाई सिफारिस गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले भनेको कान्तिपुरमा समाचार छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...