News Portal

कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि

हिमाली संचार संवाददाता
५५४ पटक
२०७७ जेठ २५, आईतबार

सुर्खेत – कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १, ३,४, ५, ६ र ७ का २५ जना पुरुष र एकजना महिला रहेका छन् भने कुमाख गाउँपालिका-३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएकोको छ।

यस्तै, सुर्खेतको बराहाताल गाउँपालिका वडानम्बर १ र २ का दुई पुरुष, भेरीगंगा नगरपालिका वडानम्बर २ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका-२ का दुईजना पुरुष, चौकुने गाउँपालिका वडानम्बर ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका वडानम्बर १, ३, ४ र ९ का ६ जना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर ३ र ९ का पाँचजना पुरुष र एकजना तीन वर्षीया बालिका रहेका छन्।

दैलेख र कालीकोटमा पनि ३/३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ। जसमध्ये ७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...