News Portal

कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि

हिमाली संचार संवाददाता
५७४ पटक
२०७७ जेठ २५, आईतबार

सुर्खेत – कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १, ३,४, ५, ६ र ७ का २५ जना पुरुष र एकजना महिला रहेका छन् भने कुमाख गाउँपालिका-३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएकोको छ।

यस्तै, सुर्खेतको बराहाताल गाउँपालिका वडानम्बर १ र २ का दुई पुरुष, भेरीगंगा नगरपालिका वडानम्बर २ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका-२ का दुईजना पुरुष, चौकुने गाउँपालिका वडानम्बर ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका वडानम्बर १, ३, ४ र ९ का ६ जना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर ३ र ९ का पाँचजना पुरुष र एकजना तीन वर्षीया बालिका रहेका छन्।

दैलेख र कालीकोटमा पनि ३/३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ। जसमध्ये ७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...