आज : २०२६-०७-२८, मङ्गलबार

हुरि चलाउँदै आन्दोलनको – गजल

~ श्रीराम बस्याल ‘स्वरुप’

फेरि जेल अनि संसदको जंजाल तोड्न बाँकी छ,
हुरि चलाउँदै आन्दोलनको सफर मोड्न बाँकी छ

मौनता, जवाफ, प्रतिरोध अनि लाल बिद्रोह,
किसान, मजदुर, श्रमिक जनता जोड्न बाँकी छ

प्रचण्डपथको चिहानमा प्रकाण्डपथको उदय हुँदा
आफ्नैमा पो थिए कि दलाली सत्यता फोड्न बाँकी छ

प्राकृतिक निशुल्क भुमिमा तेरोमेरो मोलमोलाइ
गरिब लुट्ने प्लटिङका महल गोड्न बाँकी छ

पुँजिवादले सामन्ती सत्ताको झल्को दिनाले,
समाजवादका निम्ति अन्तिम युद्ध छेड्न बाँकी छ।।