News Portal

विश्व वातावरण दिवसमा बृक्षारोपण

हिमाली संचार संवाददाता
४७० पटक
२०७७ जेठ २४, शनिवार

रबिन्द्र बराल/मोरङ – “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस सम्पन्न भएको छ। प्रत्येक बर्ष डिभिजन वन कार्यालय मोरङले फलफुलका विरुवा वितरण तथा बृक्षारोपण गरेर दिवस सम्पन्न गरेको हो। 

विश्वस्तरमा विश्व वातावरण दिवस पनि यस वर्ष ४८औं विश्व वातावरण दिवस मनाएको छ। डिभिजन वन कार्यालय मोरङ र विभिन्न संघसंस्थाहरुले मोरङ जिल्लाका विभिन्न स्थानमा फलफूल लगायत काष्ठजन्य प्रजातिका विरुवाहरु वितरण एवं वृक्षारोपण गरी मनाएकाे छ।

नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय बृक्षारोपण वर्षलाई अभियानको रुपमा सफल बनाउने क्रममा ग्रामथान गाउपालिकाका वडा नं.६ स्थित पब्लिक माध्यमिक विद्यालयको जग्गामा वृक्षारोपण गरिएको छ।

उक्त कार्यक्रममा माननीय उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री श्री विजयकुमार विश्वासले २ सय वटा आँप, कटहर, लिची जस्ता फलफूल र मसला, टीकको गरी ९ सय २५ विरुवा राेपिएकाे छ।

डिभिजन वन कार्यालय मोरङ अन्तर्गतका विभिन्न सब डिभिजन वन कार्यालयहरु बेलबारी, पथरी, मंगलबारे र कानेपोखरी सव डिभिजन वन कार्यालयहरुले कार्यालय कम्पाउण्डमा बृक्षाराेपण गरिएको हो।

 विराटनगर-८ जतुवास्थित स्वस्थानेश्वर मन्दिरको सार्वजनिक जग्गा, आमजुंगी सामुदायिक वन केराबारीको खाली वनक्षेत्रमा फलफुलका विरुवा रोपण तथा मंगलबारे र लेटाङमा वन उपभोक्ता तथा किसानहरुलाई फलफूलका विरुवा वितरण गरिएको छ।

यसैगरी रंगेली नगरपालिका-७ स्थित आर्यघाटमा आँप, लिची लगायतका ४० वटा फलफुलका विरुवाहरु र राजवृक्ष जामुन लगायतका अन्य फूल फुल्ने विरुवाहरु रोपण गरिएको जिल्ला वन कार्यलय माेरङका विशाल घिमिरेले बताए।

साेहि, अवसर पारेर बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनबारी देखि नोबेल अस्पताल सडकको दायाँबायाँ दुबै सडकहरुमा फुल फुल्ने जातको बिरेन्द्रफुलको बिरुवा १ सय ५० वटा बृक्षारोपण गरिने योजना रहेको घिमिरेले बताए।

उक्त कार्यक्रमहरुमा वेलबारी नगरपालिकाको प्रमुख  ग्यानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप राई, कानेपोखरी गाउपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले, रंगेलीका मनाेज  अग्रवाल, लगायतको समेत उपस्थिति रहेको थियोे।

मोरङ जिल्लामा फलफुलका ६ हजार ३ सय ८५ वटा तथा अन्य काष्ठजन्य ६ हजार २ सय ६० गरी जम्मा १२ हजार ६ सय ४५ बृक्षारोपण भएको हाे। यस वर्ष डिभिजन वन कार्यालय मोरङबाट ४० हेक्टर जग्गामा बृक्षारोपण गर्ने तथा आठ लाख विरुवा विभिन्न नीजि तथा सरकारी स्तरमा रोपण गर्न वितरण गरिने योजना कार्यालयको रहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...