News Portal

दिनेश प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न वीरेन्द्रनगर नगरपालिकाले डिभिजन वन कार्यालयलाइ काट्यो पत्र 

हिमाली संचार संवाददाता
५७५ पटक
२०७७ जेठ २३, शुक्रवार

सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई आग्रह गरेको छ। बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति प्रतिष्ठानको निर्माण गर्न अनुमति दिएपछि यसको चर्को विरोध थियो।

घण्टाघरपार्कसँग जोडिएको सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा नगरपालिकाले स्मृति प्रतिष्ठान बनाउन अनुमति दिएको थियो। नगरपालिकाले प्रतिस्ठान निर्माणको लागी भन्दै गत फागुन र चैतमा पार्क निर्माणको लागी अनुमति दिएको हो।

चैत ७ गते प्रतिष्ठानलाई दिएको पत्रमा क्याप्टेन दिनेश स्मृति पार्क निर्माणका लागि माग भएको जग्गाका विषयमा छलफल भएको स्टिमेटअनुसार पार्क निर्माणका लागि स्वीकृति प्रदान गरिएको उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस।

वीरेन्द्रनगर नगरपालिकाले आफुखुशि सरकारी धन सम्पती कार्यबिधी नबनी राजनीति पहुचको भरमा तोक आदेश गरि निर्माण गर्न क्याप्टेन दिनेश स्मृति प्रतिस्ठान हचुवाको भरमा गर्न आदेशको बिरोध 

नगरपालिकाले निति नियम विपरित जग्गा दिएको भन्दै नागरिक समाजले विभिन्न निकायमा निवेदन दिएका थिए। पार्क निर्माणको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी समेत परेको छ।

आज बसेको नगरकार्यपालिकाको बैठकले पार्क निर्माणको अनुमति दिएको भन्दै आपति जनाएपछि नगरपालिका बाध्य भएर रोक्न पत्र काटेको हो। कार्यपालिकाका सदस्यले केही व्यक्रिको स्वार्थको लागी वीरेन्द्रनगरको मुटुमा रहेको जग्गा हचुवाको भरमा दिएको भन्दै त्यो आफुहरुको लागी मान्य नहुने बताएका छन।

यसैबीच कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सहादत पाएकाका नाममा पार्क बनाउन माग गर्दा नदिएको तर अन्य व्यक्तिलार्इ जग्गा उपलब्ध गराएको भन्दै सहिद परिवारले समेत दुख व्यक्त गरेका थिए।

निर्माण कार्य शुरुभएदेखि विधि र प्रकृया मिचेर पार्क निर्माण भएको हिमालीसंचारलगायत विभिन्न संचार माध्यमहरु समाचारहरु सार्वजिनक भएपछि नगरपालिका बाध्य भएर आफ्नै निर्णयबाट पछि हटेको हो।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्धारा हस्ताक्षर पत्रमा नगर विकास समिति र नगरपालिकाको बैठक बसेर थप निर्णय गर्नुपर्ने भएकाले तत्काल काम काम रोक्का गर्न आग्रह गरिएको छ।

पत्रमा नागरिक समाज र संञ्चार माध्यमा कानुनी आधारको खोजी भएकाले नगरपकालिका र नगरविकास समितिको बैठकबाट थप निर्णय नभएसम्मका लागि काम रोक्का गर्न पत्र काटेको हो।

यसैबीच पार्क निर्णमाको लागि डिभिजन वन कार्यालयले विना सम्झौता ठेकेदारलाई ९ लाख रकम भुक्तानी दिर्इसकेको छ। प्रतिष्ठानलाई संघीय सरकारले ३० लाख र प्रदेशको वन तथा वातावरण मन्त्रालयले ४० लाख रुपैयाँ दिएको छ।

यो पनि पढ्नुहोस।

क्याप्टेन दिनेश प्रतिष्ठानका नाममा दिएको जग्गा अबैधानिक भएको खुलासा

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...