आज : २०२६-०६-०८, सोमबार

गजल

दीपक आचार्य “जलन”

पिएपछी मदिरा गजब हुन्छ
यो लतको किरा गजब हुन्छ

मायामा धोका खानेहरुको
मुटु भित्र चिरा गजब हुन्छ

हरदम मुटुलाई कुटुकुटु खाने
यी यादरुपी धमिरा गजब हुन्छ

साउनको महिना मेहेन्दीको रंग
चुरा हातभरी हरिया गजब हुन्छ

छोरी मान्छे आउन सम्भब नहोला
मलाइ बोलाउन पिपिरा गजब हुन्छ।।