News Portal

  • नवराज विक प्रकरणमा रेखा लेख्छिन्- ‘केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय मिल्ने हो ?’

    हिमाली संचार संवाददाता
    ८८९ पटक
    २०७७ जेठ २१,बुधवार

    काठमाण्डौ – पश्चिम रुकुममा घटेका एक प्रेमी जोडीको धटना नवराज विक प्रकरणको बिषयमा कलाकारहरुले आ-आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन्। पछिल्लो समय अभिनेत्री रेखा थापाले पनि उक्त घटनाको दोषीलाई अबिलम्ब कारबाहीको माग गरेकी छन्। उनले जातको आधारमा अपराधिक क्रियाकलाप गर्नेलाई कानून बमोजिम सजाय दिनुपर्ने बताएकी हुन्।

    रेखाले समाजिक संजाल आफ्ना फेसबुकमा एक स्टाटस पोष्ट गर्दै घटनामा जोडिएकी किशोरी सुष्मा मल्ल बचाउ गर्दै सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने र नारी अस्मिताको धज्जी उडाउने खालको गतिविधि भइरहेकोमा दुःख व्यक्त गरेकी छन्।

    ‘समाज विरुद्द अन्तर्जातिय प्रेम विवाह गर्ने साहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ?’ उनले भनेकी छन् ‘दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलामी गर्नुपर्ने ?’ प्रश्न गरेकी छिन।

    उनले नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो भनेर प्रश्न समेत उठाएकी छन्। ‘दोषी वा निर्दाेष किटान हुनुपूर्व मानसिक पीडा र प्रताडना दिएको कारण ती किशोरीले नदिमा हाम फालेमा कसले जवाफ दिन्छ ?’ रेखाको लामो स्टाटसमा अगाडि लेखेकी छन् ‘यो नर्बिसौ कि एउटा किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैन।

    सामाजिक भन्दा महिलाको मुद्दामा हरहमेसा आवाज बुलन्द गर्दै आएकी रेखाले फिल्ममार्फत पनि महिलाको आवाज उठाउँदै आएकी छन्। बाल बिवाहबिरुद्ध समेत अभियान चलाइरहेकी रेखाको विचारलाई धेरैले मन पराएर प्रतिक्रिया समेत जनाएका छन्।

    अभिनेत्री रेखा थापाको स्टाटसमा धेरै कमेनहरु रहेको छ। कतिले नायिका थापालाई सपोर्ट गरेका छन् भने धेरैले गाली गलौज गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...