News Portal

नवराज विक प्रकरणमा रेखा लेख्छिन्- ‘केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय मिल्ने हो ?’

हिमाली संचार संवाददाता
९७८ पटक
२०७७ जेठ २१,बुधवार

काठमाण्डौ – पश्चिम रुकुममा घटेका एक प्रेमी जोडीको धटना नवराज विक प्रकरणको बिषयमा कलाकारहरुले आ-आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन्। पछिल्लो समय अभिनेत्री रेखा थापाले पनि उक्त घटनाको दोषीलाई अबिलम्ब कारबाहीको माग गरेकी छन्। उनले जातको आधारमा अपराधिक क्रियाकलाप गर्नेलाई कानून बमोजिम सजाय दिनुपर्ने बताएकी हुन्।

रेखाले समाजिक संजाल आफ्ना फेसबुकमा एक स्टाटस पोष्ट गर्दै घटनामा जोडिएकी किशोरी सुष्मा मल्ल बचाउ गर्दै सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने र नारी अस्मिताको धज्जी उडाउने खालको गतिविधि भइरहेकोमा दुःख व्यक्त गरेकी छन्।

‘समाज विरुद्द अन्तर्जातिय प्रेम विवाह गर्ने साहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ?’ उनले भनेकी छन् ‘दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलामी गर्नुपर्ने ?’ प्रश्न गरेकी छिन।

उनले नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो भनेर प्रश्न समेत उठाएकी छन्। ‘दोषी वा निर्दाेष किटान हुनुपूर्व मानसिक पीडा र प्रताडना दिएको कारण ती किशोरीले नदिमा हाम फालेमा कसले जवाफ दिन्छ ?’ रेखाको लामो स्टाटसमा अगाडि लेखेकी छन् ‘यो नर्बिसौ कि एउटा किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैन।

सामाजिक भन्दा महिलाको मुद्दामा हरहमेसा आवाज बुलन्द गर्दै आएकी रेखाले फिल्ममार्फत पनि महिलाको आवाज उठाउँदै आएकी छन्। बाल बिवाहबिरुद्ध समेत अभियान चलाइरहेकी रेखाको विचारलाई धेरैले मन पराएर प्रतिक्रिया समेत जनाएका छन्।

अभिनेत्री रेखा थापाको स्टाटसमा धेरै कमेनहरु रहेको छ। कतिले नायिका थापालाई सपोर्ट गरेका छन् भने धेरैले गाली गलौज गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...