News Portal

  • श्रम स्वीकृति लिएकालाई अब विभिन्न बाहानामा विमानस्थलबाट नफर्काईने

    ६९३ पटक

    शम्भु कट्टेल
    काठमाडौँ – श्रम स्वीकृति लिएका कामदार अब वैदेशिक रोजगारीमा बिनाझन्झट जान पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले श्रम स्वीकृति लिइसकेका कामदारलाई अनावश्यक कागजपत्र मागेर झन्झट समेत दिने छैनन्।

    अध्यागमन र वैदेशिक रोजगार विभागका अधिकारीबीच भएको पटकपटकको छलफलले व्यक्तिगत वा संस्थागत जुन प्रकारको श्रम स्वीकृति लिएको भए पनि त्यस्ता कामदारलाई बिनारोकावट वैदेशिक रोजगारीमा जान पाउने निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयन गराउनेबारे अध्यागमन विभागले त्रिवि विमानस्थलस्थित अध्यागमन कार्यालयलाई समेत पत्राचार गरिसकेको छ।

    वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति लिएका कामदार अब अध्यागमन कार्यालयबाट फर्कनु नपर्ने अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। अध्यागमन विभागले अध्यागमनका कर्मचारीलाई अन्तिम श्रम स्वीकृति लिएका कसैलाई पनि नरोक्न निर्देशन समेत दिएको छ। विभागले श्रम स्वीकृति लिएका बेला पेस गरेका कागजपत्रको आधिकारिकताको विषयमा श्रम स्वीकृति दिने निकायको जवाफदेहिता हुने भएकाले श्रम स्वीकृतिबाहेक अन्य कागजपत्र नखोज्न त्रिवि अध्यागमन कार्यालयलाई निर्देशन दिएको हो।

    विभागको लिखित निर्देशन बमोजिम नै अध्यागमनका कर्मचारीले श्रमको स्टिकर मात्र परीक्षण गर्ने गरेको त्रिवि अध्यागमन कार्यालयका निमित्त प्रमुख लक्ष्मण विक्रम थापाले बताए। ‘अन्तिम श्रम स्वीकृति लिएका कामदार रोकिएका छैनन्’, उनले भने।

    भदौ ९ गते व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक माल्टा हिँडेका कामदारलाई विमानस्थलस्थित अध्यागमनले हचुवामा फिर्ता (अफ लोड) गरेपछि अध्यागमन र श्रम विभागले अब श्रम स्वीकृति लिएका कामदारलाई फिर्ता नगर्ने निर्णय गरेको थियो। १९ जना कामदारले श्रम स्वीकृति हुँदाहुँदै पनि बिनाकारण आफूहरूलाई फर्काएको गुनासो गरेपछि अध्यागमन विभागले उक्त निर्णय गरेको हो। विभागको नयाँ निर्णय सँगै फर्किएका सबै माल्टा गइसकेका छन्।

    विभागले श्रम स्वीकृतिबारे केही शंका उत्पन्न भए वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटबाट प्रमाणीकरण गर्नसमेत भनेको छ। वैदेशिक रोजगार विभागको वेबसाइटबाट प्रमाणीकरण गर्दा श्रम स्वीकृति लिएको प्रमाणित नभएको खण्डमा मात्र कामदार फिर्ता गर्न सकिने अध्यागमन विभागले त्रिवि अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ।

    श्रम स्वीकृति लिएका व्यक्तिलाई समेत विभिन्न बहानामा फर्काउन थालेपछि विभागले त्यसो नगर्न विमानस्थल अध्यागमन कार्यालयलाई भदौ १२ गते लिखित निर्देशन दिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...