News Portal

रुकुममा वडाध्यक्षद्वारा अस्थायी प्रहरी चौकी तोडफोड

हिमाली संचार संवाददाता
५६९ पटक
२०७७ जेठ २१, बुधबार

रुकुम – पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ। नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेको र पछि केही युवा ल्याएर चौकी आक्रमण गरेको जनाएको छ।

आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको कार्यालयका प्रवक्ता एवं डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।

वडाध्यक्ष केसी अहिले फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। केसीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन। तर नगरप्रमुख देवीलाल गौतमले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...