News Portal

भोजपुरको पौवादुङमा आरडिटि पोजेटिभ अरुण गाउँपालिका पनि खतरामा

हिमाली संचार संवाददाता
५२२ पटक
२०७७ जेठ २१

भोजपुर -भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् । उनीहरु विभिन्न वडाका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मी हुन् ।भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् । उनीहरु विभिन्न वडाका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मी हुन् ।
स्वास्थ्यकर्मीहरुको नै आरडिटि पोजेटिभ देखिएपछि कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका नै सिल गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
अध्यक्ष राईले भने,‘ आरडिटि परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौ, आरडिटि किट अभावले अन्यको परीक्षण गराउन सकिएन, अन्य सबै स्वास्थ्य सामग्रीको अभाव छ, आवश्यक स्वास्थ्य सामग्रीको लागि प्रदेश सरकारलाई माग गर्ने समेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय समेत गरेको छ ।

’स्वास्थ्यकर्मीहरुको नै आरडिटि पोजेटिभ देखिएपछि कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका नै सिल गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘ आरडिटि परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौ, आरडिटि किट अभावले अन्यको परीक्षण गराउन सकिएन, अन्य सबै स्वास्थ्य सामग्रीको अभाव छ, आवश्यक स्वास्थ्य सामग्रीको लागि प्रदेश सरकारलाई माग गर्ने समेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय समेत गरेको छ ।
आरडिटि रिपोर्ट पोजेभिट आएका सबै जनालाई वडा नं – १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिनुभयो । उनीहरुको बुधबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी रहेको उनले जानकारी दिए ।

गाउँपालिकामा स्वाब संकलनमा लागि १० ओटा मात्र भिटिएम रहेको रहेको संयोजक दाहालको भनाइ छ । सोमबार पाँच जनामा परीक्षण गरिएको आरडिटि रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झाना राईले जानकारी दिईन् ।आरडिटि रिपोर्ट पोजेभिट आएका सबै जनालाई वडा नं – १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिनुभयो । उनीहरुको बुधबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी रहेको उनले जानकारी दिए ।

गाउँपालिकामा स्वाब संकलनमा लागि १० ओटा मात्र भिटिएम रहेको रहेको संयोजक दाहालको भनाइ छ । सोमबार पाँच जनामा परीक्षण गरिएको आरडिटि रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झाना राईले जानकारी दिईन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...