News Portal

भोजपुरको पौवादुङमा आरडिटि पोजेटिभ अरुण गाउँपालिका पनि खतरामा

हिमाली संचार संवाददाता
४७४ पटक
२०७७ जेठ २१

भोजपुर -भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् । उनीहरु विभिन्न वडाका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मी हुन् ।भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् । उनीहरु विभिन्न वडाका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मी हुन् ।
स्वास्थ्यकर्मीहरुको नै आरडिटि पोजेटिभ देखिएपछि कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका नै सिल गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
अध्यक्ष राईले भने,‘ आरडिटि परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौ, आरडिटि किट अभावले अन्यको परीक्षण गराउन सकिएन, अन्य सबै स्वास्थ्य सामग्रीको अभाव छ, आवश्यक स्वास्थ्य सामग्रीको लागि प्रदेश सरकारलाई माग गर्ने समेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय समेत गरेको छ ।

’स्वास्थ्यकर्मीहरुको नै आरडिटि पोजेटिभ देखिएपछि कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका नै सिल गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘ आरडिटि परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौ, आरडिटि किट अभावले अन्यको परीक्षण गराउन सकिएन, अन्य सबै स्वास्थ्य सामग्रीको अभाव छ, आवश्यक स्वास्थ्य सामग्रीको लागि प्रदेश सरकारलाई माग गर्ने समेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय समेत गरेको छ ।
आरडिटि रिपोर्ट पोजेभिट आएका सबै जनालाई वडा नं – १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिनुभयो । उनीहरुको बुधबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी रहेको उनले जानकारी दिए ।

गाउँपालिकामा स्वाब संकलनमा लागि १० ओटा मात्र भिटिएम रहेको रहेको संयोजक दाहालको भनाइ छ । सोमबार पाँच जनामा परीक्षण गरिएको आरडिटि रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झाना राईले जानकारी दिईन् ।आरडिटि रिपोर्ट पोजेभिट आएका सबै जनालाई वडा नं – १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिनुभयो । उनीहरुको बुधबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी रहेको उनले जानकारी दिए ।

गाउँपालिकामा स्वाब संकलनमा लागि १० ओटा मात्र भिटिएम रहेको रहेको संयोजक दाहालको भनाइ छ । सोमबार पाँच जनामा परीक्षण गरिएको आरडिटि रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झाना राईले जानकारी दिईन्।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...