News Portal

जनताबाट उठाएको चर्को करबाट तीजको दर !

१०३५ पटक

राधा खनाल
भद्रपुर : झापाको भद्रपुर नगरपालिकाले संस्कृति जर्गेना र मठ मन्दिर, गुम्बा निर्माणलगायतका कार्यक्रमको बजेटबाट तीजमा नगरका दिदीबहिनीलाई दर खुवाउने भएको छ। यसका लागि नगरले दुई लाख रुपैयाँ छुट्याइएको छ।

जनताको करबाट संकलित रकमले महिला उत्थानका लागि भन्दै करिब ४ सय महिलालाई तीजको दरका नाममा भोज दिन लागिएको हो। यस्तो भोज भदौ २२ गते हुनेछ।

जनताको करबाट उठेको रकम तीजको भोजमा सक्न लागेको भन्दै  यो कार्य रोक्न नगर प्रशासन समक्ष महिला संघ भद्रपुरले आपत्ति जनाएको छ।

मंगलबार ज्ञापन–पत्र बुझाउँदै महिला संघले आपत्ति जनाएको हो।  नगर क्षेत्रमा रहेका ५२.८ प्रतिशत महिलाको हकमा भने यो कार्यक्रम लज्जास्पद देखिएको ज्ञापन–पत्रमा उल्लेख छ।

नगरपालिकाले उभौली, ल्होसार, बकर इद, कुशेऔँसी, दसैँ, तिहार छठ पर्वको कार्यक्रम आयोजना नगरी तीज पर्व मात्र मनाउनुको अर्थ नरहेको उनीहरुको भनाइ छ।

प्रतिनिधिमुलक दर खाने काम जनपक्षीय हुन नसक्ने भन्दै नगरबासी महिला उत्थानका लागि छुट्याइएको रकम नगरले मनपरी रुपमा दरका नाममा खर्च गर्न नपाउने महिला संघ झापा सभापति सुशीला ढकालको भनाइ छ।

हुने खाने, गाउँघर टोल–टोलमा प्रतिस्पर्धात्मक रुपमा पैसा उठाएर दर खाने महिलालाई नै नगरले दर खुवाउन लागेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

नगरले उत्पीडित, मजदुर र आर्थिक अवस्था कमजोर भएका महिलालाई दर खुवाउनुपर्ने उनीहरुको भनाइ छ।

नगर उपप्रमुख तथा दर कार्यक्रमकी संयोजक चन्द्रमाया श्रेष्ठले भने महिलाकै हितमा तीजको कार्यक्रम ल्याइएको बताउँदै गत बर्षमा नगरका संघसंस्थालाई बजेट जाने गरेको तर यसपटक आफैंले दर खुवाउने कार्यक्रम राखेको बताएकी छन्।

तीजको कार्यक्रमका लागि भनेर दुई लाख रुपैयाँ बजेट विनियोजन भए पनि दर कार्यक्रमका लागि भने भद्रपुरकै होटल सिटी गार्डेनलाई ६५ हजार रुपैयाँ दिएको छ। हामीले यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...