News Portal

जनताबाट उठाएको चर्को करबाट तीजको दर !

१०८० पटक

राधा खनाल
भद्रपुर : झापाको भद्रपुर नगरपालिकाले संस्कृति जर्गेना र मठ मन्दिर, गुम्बा निर्माणलगायतका कार्यक्रमको बजेटबाट तीजमा नगरका दिदीबहिनीलाई दर खुवाउने भएको छ। यसका लागि नगरले दुई लाख रुपैयाँ छुट्याइएको छ।

जनताको करबाट संकलित रकमले महिला उत्थानका लागि भन्दै करिब ४ सय महिलालाई तीजको दरका नाममा भोज दिन लागिएको हो। यस्तो भोज भदौ २२ गते हुनेछ।

जनताको करबाट उठेको रकम तीजको भोजमा सक्न लागेको भन्दै  यो कार्य रोक्न नगर प्रशासन समक्ष महिला संघ भद्रपुरले आपत्ति जनाएको छ।

मंगलबार ज्ञापन–पत्र बुझाउँदै महिला संघले आपत्ति जनाएको हो।  नगर क्षेत्रमा रहेका ५२.८ प्रतिशत महिलाको हकमा भने यो कार्यक्रम लज्जास्पद देखिएको ज्ञापन–पत्रमा उल्लेख छ।

नगरपालिकाले उभौली, ल्होसार, बकर इद, कुशेऔँसी, दसैँ, तिहार छठ पर्वको कार्यक्रम आयोजना नगरी तीज पर्व मात्र मनाउनुको अर्थ नरहेको उनीहरुको भनाइ छ।

प्रतिनिधिमुलक दर खाने काम जनपक्षीय हुन नसक्ने भन्दै नगरबासी महिला उत्थानका लागि छुट्याइएको रकम नगरले मनपरी रुपमा दरका नाममा खर्च गर्न नपाउने महिला संघ झापा सभापति सुशीला ढकालको भनाइ छ।

हुने खाने, गाउँघर टोल–टोलमा प्रतिस्पर्धात्मक रुपमा पैसा उठाएर दर खाने महिलालाई नै नगरले दर खुवाउन लागेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

नगरले उत्पीडित, मजदुर र आर्थिक अवस्था कमजोर भएका महिलालाई दर खुवाउनुपर्ने उनीहरुको भनाइ छ।

नगर उपप्रमुख तथा दर कार्यक्रमकी संयोजक चन्द्रमाया श्रेष्ठले भने महिलाकै हितमा तीजको कार्यक्रम ल्याइएको बताउँदै गत बर्षमा नगरका संघसंस्थालाई बजेट जाने गरेको तर यसपटक आफैंले दर खुवाउने कार्यक्रम राखेको बताएकी छन्।

तीजको कार्यक्रमका लागि भनेर दुई लाख रुपैयाँ बजेट विनियोजन भए पनि दर कार्यक्रमका लागि भने भद्रपुरकै होटल सिटी गार्डेनलाई ६५ हजार रुपैयाँ दिएको छ। हामीले यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...