News Portal

पीडित ३ बालिकाको सहयोगका लागि प्रदेश सांसद गुलाब जंग शाहको अपिल

हिमाली संचार संवाददाता
१०१६ पटक

सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ सेतोगुँरासमा गत भदौ १२ गते राती परेको अविरल बर्षाका कारण घरको भित्ता भत्किदा दलिन भाँचिएर एउटै परिवारका ५ जनाको ज्यान गएको छ ।

परिवारका ८ जना सदस्यमा ५ जनाको ज्यान गएपछि ३ जना बालिका टुहुरो बनेका छन् । यो समयमा उनिहरुका लागी सहयोग गर्ने बेला आएको भन्दै प्रदेश सांसद गुलाब जंग शाहले आफुले सक्ने सहयोग गर्न सबैलाई अपिल गरेका हुन ।

प्रदेश सरकारको तर्फबाट सासंदद्धय गुलाव जंग शाह र प्रकाश ज्वालाको पहलमा सरकारले पिडीत परिवारलाई १५० हजार सहयोग गरेको छ । यो संगै शाहले बाँकी सहयोगका लागी पनि पहल थालेको बताएका छन् ।

सांसद शाहले सहयोगका लागि गरेको अपिल यस्तो छ :

मेरा आदरनिय सल्यानबासी तथा प्रदेशबासीहरुमा सादर नमस्कार ।

गत भदौ १२ गते राती परेको अविरल बर्षाका कारण सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं. ४ सेतोगुँरासमा एउटा घर भत्कियो । सोही घरमा बसोबास गर्दै आउनु भएका ८ जनाको परिवार मध्ये ५ जनाको देहान्त हुन पुग्यो । जुन दुखद घटनाबाट ४० वर्षीय रामसिंह कामी, ३५ वर्षकी रामकला कामी र उहाँहरुको छोराछोरीहरु ७ वर्षीय गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षीय रूपलाल कामीको मृत्यु भयो ।

उक्त घटनाले गाँउ, समाज लगायत मलाई एकदमै विछिप्त बनाएको छ । परिवारका सबै सदस्य गुमाएपछि कलिला उमेरका नानिहरु टुहुरा भएका छन् । न उनिहरुको बस्ने ठेगान छ नत खानपानको व्यवस्था नै । बाँच्न सफल ३ बालिकाहरुमध्ये १३ वर्षीया कमला, १० वर्षीया पुतला र ९ वर्षीया सुनिता रहेका छन ।

उनिहरुको शिक्षा, बसाई व्यवस्थापन, खानपान लगायतका यावत कुराहरु मिलाउन बाँकी नै छ । यस्तो विपदका बेला तपाई हामिले सहानुभुती तथा समबेदना प्रकट गरेर मात्रै पुग्दैन, उनिहरुका लागी तपाइले सक्ने सहयोग गर्नुपर्नेछ । उनिहरुको दिगो रुपमा जिवनयापन सहज बनाउनका लागी केहि आर्थिक फण्टहरु संकलन गरेर उनिहरुका लागी कोष खडा गर्न सकिन्छ । ताकी पछिसम्म जिवन चलाउने बाटो बनोस ।

यसका लागी मैले पनि आफ्नो ठाउँबाट पहल थालेको कुरा जानकारी गराउन चाहान्छु । कृपया जिल्लास्थित स्थानिय तहका सरकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यवसायी, शिक्षाप्रेमी तथा आमनागरिकहरुलाई आआफ्नो ठाउँबाट सहयोगका लागी जुट्न म विनम्र अनुरोध गर्न चहान्छु ।

गुलाव जंग शाह
प्रदेश सांसद सल्यान क्षेत्र नं. १, कर्णाली प्रदेश ।

तस्वीर सांसद शाहकै संजालबाट। 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...