News Portal

  • बाँके दुर्घटना: क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना (अपडेट)

    कमल खत्री र अर्जुन ओली
    ४०० पटक
    २०७७ जेठ १९, सोमबार

    बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका ठुरिया जंगलमा भएको दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङका अनुसार ११ जनाको अस्पताल ल्याउने क्रममा र एक जनाको उपचार गर्ने क्रममा मृत्यु भएको हो।

    मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयको टोलीले मृत्यु हुनेहरुको मुचुल्का उठाउन सुरु गरेको जनाएको छ। घाइते हुनेहरु सल्यान, दाङ, रोल्पा जिल्लाका नागरिक रहेका छन्।

    उनीहरु भारतबाट फर्केर घर जानका लागि आइतबार राती नेपालगन्जबाट प्रस्थान गरेका थिए। प्रहरीका अनुसार राती करिब ११: ३० बजे दुर्घटना भएको थियो। स्थानीयले १०० नम्बरमा दुर्घटना भएको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

    घाइतेहरुलाई २ वटा एम्बुलेन्समा राखेर करिब २ बजे अस्पताल पुर्या इएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा तिव्र गति र क्षमता भन्दा बढी यात्री बोकेका कारण दुर्घटना भएको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन। दुर्घटनामा परेको हाइसमा ३४ जना सवार थिए।

    भेरी अस्पतालका अनुसार घाइते हुनेहरुमा सल्यानका सारदा नगरपालिका– ६ की २६ वर्षे टिका चलाउने, सल्यान कपनिया गाउँपालिका ६ घागरीका २० वर्षे मीनराज विक, सल्यान सिद्धकुमात गाउँपालिका ५ का ४० वर्षे तेज बहादुर बुढाथोकी, सल्यानकै १८ वर्षे धन बहादुर बोहोरा, सल्यान सिद्धकुमात गाउँपालिका २८ वर्षे लोकेश घर्ती, सल्यानका ५२ वर्षे दीप बहादुर बुढा, सल्यान सिद्धकुमातका २८ वर्षे शिव भण्डारी, सिद्धकुमात गाउँपालिका ५ सल्यानका २६ वर्षे निम बहादुर ओली, सिद्धकुमातकै १८ वर्षे देबेन्द्र बुढाथोकी, सिद्धकुमात दहका १७ वर्षे ज्ञानु बहादुर बोहोरा रहेका छन।

    त्यस्तै दाङका ४५ वर्षे मेगराज केसी, दाङ तुलसीपुर उपमहानगरपालिका २ का ३९ वर्षे विष्णु गिरी, दाङ राजपुर गाउँपालिका ६ का २० वर्षे दिपेश चौधरी, दाङ तुलसीपुर उपमहानगरपालिका २ खैरीकोटका २३ वर्षे रुपलाल केसी, दाङ राजपुर गाउँपालिका २ का २१ वर्षे जीवन घर्ती र दाङ मानपुरका २० वर्षे भरत थापा घाइते भएका छन।

    यसैगरी रोल्पा त्रिवेणी गाउँपालिका ६ का १७ वर्षे सुनिल परियार, त्रिवेणीकै २० वर्षे वीरेन्द्र परियार, १८ वर्षे पुरन परियार, रोल्पा परिवर्तन गाउँपालिका ५२ वर्षे नर बहादुर विक र रोल्पाका ४० वर्षे दिल बहादुर विक घाइते भएका छन।

    घाइते मध्ये शिव भण्डारी, देबेन्द्र खड्का, ज्ञानु बहादुर बोहोरा र टिका चलाउनेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ। राती प्रहरीले दुइ वडा एम्बुलेन्समा राखेर भेरीको इर्मजेन्सीमा ल्याएपछि उपचार सुरु गरिएको भेरी अस्पतालले जनाएको छ।

    घाइतेहरुको अवस्था निकै गम्भिर रहेको भन्दै भेरी अस्पतालले आपतकालिन साइरन बजाएर सम्पुर्ण जनशंक्ती परिचालन गरेर उपचार गरिरहेको बताउँछन् भेरी अस्पतालका सुपरिटेण्डेन्ट डा. प्रकाश थापा।उनले भने, ‘अस्पतालको स्रोत र सुविधाले भ्याएअनुसार हामीले उपचारमा कुनै कमी राखेका छैनौ।

    घाइते मध्ये केहिको अवस्था गम्भिर छ। अधिकाशको टाउँको, खुटामा चोट लागेको छ। धेरैको हडीमा चोट लागेको छ। उहाँहरुको उपचारमा हामीले सबै शंक्ति परिचालन गरेका छौं।’ रातीको समयमा गाडीले क्षमता भन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ।

    भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...