News Portal

पत्रकार धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियोसहित)

हिमाली संचार संवाददाता
८७८ पटक
२०७७ जेठ १७, शनिबार

काठमाडौं – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका छन। विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाएर फसाएर जेल चलान गर्नुपर्ने सुझाव दिएका छन।

उनले भनेका छन “कमीकमजोरी पहिल्याई एक आईमाईलाई भनेर बलात्कार गर्र्यो भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हालत हुने उक्त अडियोमा बोलेका छन।

यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको छ। हामिसँग प्राप्त अडियोमा पत्रकार धानुकले अध्यक्ष महराको चरित्र हत्या हुनेगरि अपाच्य शब्द प्रयोग गरेका छन।

अडियोमा अध्यक्ष केही जाने नबुझेको र अहिले पैसा पाएर मात्तिएकोले यसलाई कुनै पनि सडयन्त्रमा फसाउनु पर्ने भनेका छन। पत्रकार धानुक तातोबहस कार्यक्रमका सञ्चालक तथा क्यापिटललाईभ न्यूज अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन्। उपहारखबरबाट

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...