News Portal

पत्रकार धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियोसहित)

हिमाली संचार संवाददाता
८०८ पटक
२०७७ जेठ १७, शनिबार

काठमाडौं – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका छन। विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाएर फसाएर जेल चलान गर्नुपर्ने सुझाव दिएका छन।

उनले भनेका छन “कमीकमजोरी पहिल्याई एक आईमाईलाई भनेर बलात्कार गर्र्यो भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हालत हुने उक्त अडियोमा बोलेका छन।

यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको छ। हामिसँग प्राप्त अडियोमा पत्रकार धानुकले अध्यक्ष महराको चरित्र हत्या हुनेगरि अपाच्य शब्द प्रयोग गरेका छन।

अडियोमा अध्यक्ष केही जाने नबुझेको र अहिले पैसा पाएर मात्तिएकोले यसलाई कुनै पनि सडयन्त्रमा फसाउनु पर्ने भनेका छन। पत्रकार धानुक तातोबहस कार्यक्रमका सञ्चालक तथा क्यापिटललाईभ न्यूज अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन्। उपहारखबरबाट

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...