News Portal

दैलेखका थप १४ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ६० पुग्यो

यज्ञ खत्री
६५९ पटक
२०७७ जेठ १७, शनिबार

सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन्। सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं‍ २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन्। उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन्।

संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए। योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ। हालसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन्।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...