News Portal

चीनबाट तेस्रो लटको स्वास्थ्य सामग्री आयाे

हिमाली संचार संवाददाता
४०८ पटक
२०७७ जेठ १५ बिहीबार

काठमाडौँ — सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइपुर्याएको हो । प्रवक्ता क्षेत्रीका अनुसार निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याउन ल्याएको हो ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो ।
बाँकी स्वास्थ्य सामग्री भने स्थलमार्गबाटै आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामग्री खरिद गरेको थियो । त्यसको तौल करिब २ सय ४३ टन रहेको छ । बाँकी सामग्री क्रमशः आइरहने पाण्डेले बताए ।

उनका अनुसार केही सामग्री तातापानी नाकामा आएर भन्सार जाँचमा पनि रहेका छन् । ती सामग्रीहरुलाई काठमाडौं ल्याएपछि विमानस्थलको १४ बाहिनीको अड्डाभित्र रहेको राष्ट्रिय वेयरहाउसमा सुरक्षित गरी राखिने सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...