News Portal

समुदायसँग प्रहरीको चिया कार्यक्रम !

हिमाली संचार संवाददाता
८३४ पटक

रबिन्द्र बराल,
भदौ १७ मोरंग – इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार रंगेली नगरपालिका–३ स्थित दाैलतपुर बिद्यालयको प्राङ्गणमा समुदायसँग चिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की वडाका अध्यक्ष घनश्याम पनेरु सदस्य लगायत सहभागी समेत रहेको थिए ।

समुदायका समस्याहरू समुदायमै गएर जानकारी लिने र समाधानका लागि उपायहरूबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कार्कीले बताए। स्थानीय प्रशासनले यस्ता कार्यक्रमले गरिव तथा बिपन्न घरपरिवारका जनताहरु समेत प्रहरीको पहुँचबाट नजिकै रहन सक्ने पनेरुले बताए। यस्ता कार्यक्रम अत्यन्तै राम्रो भएको अनुभव समेत गरेका छन।

स्थानीयबासी नेत्र भट्टराईले पनि आफ्नै ठाउँमा आएका प्रहरीहरूबीच समस्याहरू महिला पुरुषहरुले खुलेर राख्ने अवसर पाएको समेत बताए। ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षकले उक्त कार्यक्रममा उपस्थित रहेका महिलाहरुलाई श्रीमानले मदिरा सेवन गरेर झैझगडा तथा घरेलु हिन्सा गरे वा भएमा प्रहरीलाई खवर गर्ने समेत अाग्रह गरे। साेहि क्रममा अहिले देशमा बडि मात्रामा बलत्कारका घटनाहरु बढीरहेको हुनाले घरमा अामाबुबाले छाेरीहरुलाई घाँस,दाउरा तथा हाटवजार जाँदा समेत एक्लै नपाठउने र सकेसम्म साथीभाइ वा अाफ्नतको साथमा पठाउनुपर्नेे कुरा बताए।

त्यसैगरी अहिले मधेसमा वस्ने अतिविपन्न घरपरिवारका परिवारले छाेराछाेरीकाे विवहा १४ बर्ष देखि गरिदिने गरेकाे र नेपाल सरकारले भदौ १ गतेदेखि छाेराछाेरीकाे बिवाह २० बर्षमा मात्रै गर्नुपर्ने भएको हुनाले अवका दिनहरुमा कसैले पनि छाेराछाेरीकाे विवहा कम उमेरमा गरिदिए कानुनी कार्वाही हुने समेत बताए । 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...