News Portal

समुदायसँग प्रहरीको चिया कार्यक्रम !

हिमाली संचार संवाददाता
७९३ पटक

रबिन्द्र बराल,
भदौ १७ मोरंग – इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार रंगेली नगरपालिका–३ स्थित दाैलतपुर बिद्यालयको प्राङ्गणमा समुदायसँग चिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की वडाका अध्यक्ष घनश्याम पनेरु सदस्य लगायत सहभागी समेत रहेको थिए ।

समुदायका समस्याहरू समुदायमै गएर जानकारी लिने र समाधानका लागि उपायहरूबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कार्कीले बताए। स्थानीय प्रशासनले यस्ता कार्यक्रमले गरिव तथा बिपन्न घरपरिवारका जनताहरु समेत प्रहरीको पहुँचबाट नजिकै रहन सक्ने पनेरुले बताए। यस्ता कार्यक्रम अत्यन्तै राम्रो भएको अनुभव समेत गरेका छन।

स्थानीयबासी नेत्र भट्टराईले पनि आफ्नै ठाउँमा आएका प्रहरीहरूबीच समस्याहरू महिला पुरुषहरुले खुलेर राख्ने अवसर पाएको समेत बताए। ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षकले उक्त कार्यक्रममा उपस्थित रहेका महिलाहरुलाई श्रीमानले मदिरा सेवन गरेर झैझगडा तथा घरेलु हिन्सा गरे वा भएमा प्रहरीलाई खवर गर्ने समेत अाग्रह गरे। साेहि क्रममा अहिले देशमा बडि मात्रामा बलत्कारका घटनाहरु बढीरहेको हुनाले घरमा अामाबुबाले छाेरीहरुलाई घाँस,दाउरा तथा हाटवजार जाँदा समेत एक्लै नपाठउने र सकेसम्म साथीभाइ वा अाफ्नतको साथमा पठाउनुपर्नेे कुरा बताए।

त्यसैगरी अहिले मधेसमा वस्ने अतिविपन्न घरपरिवारका परिवारले छाेराछाेरीकाे विवहा १४ बर्ष देखि गरिदिने गरेकाे र नेपाल सरकारले भदौ १ गतेदेखि छाेराछाेरीकाे बिवाह २० बर्षमा मात्रै गर्नुपर्ने भएको हुनाले अवका दिनहरुमा कसैले पनि छाेराछाेरीकाे विवहा कम उमेरमा गरिदिए कानुनी कार्वाही हुने समेत बताए । 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...