News Portal

धुर्वाले तताइन् सदावहार गजल महफिल

हिमाली संचार संवाददाता
१८९५ पटक

मदन शाही
भाद्र १७, लम्की कैलाली – सदाबहार साहित्य समाज, कन्चनपुरले आयोजना गरेको सदाबहार गजल महफिल २०७५ शनिबार सम्पन्न भएको छ । शुक्रबार मात्रै राष्ट्रीय स्तरकै गजल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेको सदाबहारले शनिबार फेरी गजल महफिल सम्पन्न गरेको हो ।

विभिन्न  ठाउँमा महफिल तताएका हस्ती तथा देशकै चर्चित गजलकारहरु बाबु त्रिपाठी, हुकुम धड्कन, संगिता थापा र कन्चनपुरकै चर्चित राष्ट्रीय गजलकार भुवन निस्तेजको कार्यक्रममा उपस्थिती रहेको थियो । यस्तै पहिलो पटक पछिल्लो समय प्रदेश नम्बर ७ बाट उदाउँदै गरेकी, अछामकी नारी गजलकार धुर्वा तिमिल्सिनालाई समेत कार्यक्रमले प्रतिभा पर्दशनमा ठूलो अवसर जुटेको छ । कन्चनपुरमा रहि संगितको क्षेत्रमा काम गर्दै आइरहेका संगित गुरु नरेश जोशी (आरएन) ले समेत कार्यक्रममा गजल गायन गर्नु भएको थियो।

देशकै चर्चित तथा ख्याति प्राप्त गजलकारहरुलाइ पहिलो पटक प्रदेश नं ७ को एउटै स्टेजमा उभ्याउन सदाबहार साहित्य समाज सफल भएको छ । कन्चनपुरको उद्योग बाणिज्य संघको हलमा भएको उक्त महफिल कार्यक्रममा रमाउन र चर्चित गजलकारहरुका उत्कृष्ट गजल सुन्नको लागी जिल्ला भित्रबाट र छिमेकी जिल्ला कैलाली सँगै देशभरबाट दर्शकहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा बाबु त्रिपाठी, संगिता थापा, हुकुम धड्कन र भुवन निस्तेजले आफ्ना गहकिला गजल सुनाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए। पहिलो पटक महफिलमा उभिएकी धुर्वा तिमिल्सिनाले महफिलको स्टेज निकै तताइन् ।

पहिलो पटक राष्ट्रीय गजलकारहरु सामु उभिएकी धुर्वाले आफ्ना गजलहरुले दर्शकहरुको मन जित्दै गडगडाहट ताली पाउँदै दर्शकको मन जित्न सफल भएकी छन् ।अछामबाट नारी गजलकारका रुपमा उदाएकी धुर्वाले राष्ट्रीय गजलकारहरुलाई आफ्नो प्रभाव देखाई प्रभावित बनाउन सफल भएकी हुन् ।अव धुर्वाले यसरी नै गजल तिर लागि रहने हो भने गजलले नै धुर्वालाई देश दौडाउनेमा दुइ मत नहोला भन सकिन्न ।

यस्तै कन्चनपुरमै  संगितमा काम गरिरहेका र सँगै सिकाइरहेका संगित गुरु नरेश जोशी (आरएन) ले आफ्नो सुमधुर स्वरमा गजल गायन गरि दर्शकहरुलाई मन्त्र मुघ्द बनाएका थिए । बाजा सहित भएको गजल गायनले दर्शकहरुको मन जित्दै उनले समेत गडगडाहट ताली पाएका थिए । सदाबहार साहित्य समाजका सदस्य बिवेक शाह सँगै उपाध्यक्ष आशा साकी र अन्य पदधिकारीहरुको व्यवस्थापकीय सहयोगबाट यसरी २ दिनमा दुई ठुला कार्यक्रम सफल भएका छन् ।

सदाबहार साहित्य समाजले आगामी दिनमा पनि साहित्य प्रेमि, दर्शकहरु सहयोग पाए स्थानिय भाषा, साहित्य र सर्जकहरुलाई राष्ट्रीय स्तरमा पुगाउन र संरक्षण गर्न सदाबहार साहित्य समाज तत्पर रहने  सदाबहार साहित्य समाजका उपाध्यक्ष आशा साकीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...