News Portal

स्वास्थ्य सामग्री लिन आज चीन जाँदै जहाज

हिमाली संचार संवाददाता
४२० पटक
२०७७ जेठ १४ बुधबार

काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको छ।

आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामग्री लिएर भोलि फर्किन्छ’, सैनिक प्रवक्ता पाण्डेले भने,’चीनबाट २८.६६ टन स्वास्थ्य सामग्री ल्याउने योजना छ।’सैनिक प्रवक्ता पाण्डेका अनुसार जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य समाग्री जहाजबाट आइसकेको छ।सडकबाट ल्याउने स्वास्थ्य सामग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने सैनिक प्रवक्ता पाण्डेले बताए।अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ’, उनले भने,’तातोपानीबाट ५ वटा ट्रक हिडिसकेको छ।खासामा पनि आउने क्रम जारी छ।

हामीले झण्डै आधा सामग्री काठमाडौं ल्याइसकेका छौ।’चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। वैशाख पहिलो साता सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो। ती स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...