News Portal

स्वास्थ्य सामग्री लिन आज चीन जाँदै जहाज

हिमाली संचार संवाददाता
३६४ पटक
२०७७ जेठ १४ बुधबार

काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको छ।

आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामग्री लिएर भोलि फर्किन्छ’, सैनिक प्रवक्ता पाण्डेले भने,’चीनबाट २८.६६ टन स्वास्थ्य सामग्री ल्याउने योजना छ।’सैनिक प्रवक्ता पाण्डेका अनुसार जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य समाग्री जहाजबाट आइसकेको छ।सडकबाट ल्याउने स्वास्थ्य सामग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने सैनिक प्रवक्ता पाण्डेले बताए।अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ’, उनले भने,’तातोपानीबाट ५ वटा ट्रक हिडिसकेको छ।खासामा पनि आउने क्रम जारी छ।

हामीले झण्डै आधा सामग्री काठमाडौं ल्याइसकेका छौ।’चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। वैशाख पहिलो साता सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो। ती स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...