आज : २०२६-०६-१८, बिहीबार

कपिलवस्तुको महाराजगञ्जमा किशोरी बलात्कृत

कपिलवस्तु -कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक समेत रहेका लोहारले गएराति किशोरीलाई जर्बजस्ती घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले किशोरीलाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । घटनापछि फरार अभियुक्त  लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।