News Portal

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका आमाबाबु सङ्क्रमित बालकको रिपोर्ट नेगेटिभ

हिमाली संचार संवाददाता
४१३ पटक
२०७७ जेठ १४ बुधबार

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।  आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको छ ।

उनलाई दैलेखको सरस्वती मावि तर्ताङमा    निर्माण   गरिएको    आइसोलेसन अस्पतालमा राखिएको छ । बालक पनि उनकै साथमा रहेको छ । घरका आफन्तले उनलाई लिने वा सङ्क्रमित आमाबाबुसँगै बसाल्ने भन्ने विषयको अझै टुङ्गो लागेको छैन । उनीसँगै अन्य सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

कर्णालीका पहिलो सङ्क्रमित दैलेखको आठबीस नगरपालिकाका एक युवालाई सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको भन्दै चर्को विरोधपछि उनलाई कोरोना अस्पताल सुर्खेत लगिएको भए पनि एकैपटक सात नयाँ सक्रमित देखिएपछि उनीहरुलाई सरस्वती माविमै उपचारका लागि राखिएको छ ।
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।  आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको छ ।

उनलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ । बालक पनि उनकै साथमा रहेको छ । घरका आफन्तले उनलाई लिने वा सङ्क्रमित आमाबाबुसँगै बसाल्ने भन्ने विषयको अझै टुङ्गो लागेको छैन । उनीसँगै अन्य सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

कर्णालीका पहिलो सङ्क्रमित दैलेखको आठबीस नगरपालिकाका एक युवालाई सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको भन्दै चर्को विरोधपछि उनलाई कोरोना अस्पताल सुर्खेत लगिएको भए पनि एकैपटक सात नयाँ सक्रमित देखिएपछि उनीहरुलाई सरस्वती माविमै उपचारका लागि राखिएको छ ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...