News Portal

  • जाजरकोटमा माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

    हिमाली संचार संवाददाता
    ५६६ पटक
    २०७७ जेठ १४,बुधबार

    जाजरकोट – स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

    मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए।

    सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...