News Portal

  • गण्डकी गाउँपालिकाको झोलुङ्गे पुलको नाकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली

    हिमाली संचार संवाददाता
    ५९२ पटक
    २०७७ जेठ १३, मंगलबार

    गोरखा – गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ। कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो विशेष टोली खाटाउने निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए।

    वडानम्वर १ को बुटार, २ को गोर्दी तारपुल, ३ को भैसीगौडा र ४ को फुजेल स्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ। वडानम्वर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौलीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए। ‘वडानम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटेमा गरी चार ठाउँमा टोली बसेका छन्,’ उनले भने, ‘वडानम्वर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा छन्।’

    उक्त टोलीले पालिकाभित्र आउजाउ गर्ने व्यक्तिको तथ्याङ्क संकलन गर्ने उनको भनाइ छ। उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खटिने उक्त टोलीले पालिका प्रवेश गर्ने नयाँ व्यक्तिको ज्वरो नाप्ने र सम्बन्धित वडासँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न सहजीकरण गर्नेछन्।

    एउटा पुलमा तीन जनाको टोली खटिने जानकारी गराउँदै रानाले नाकामा खटिएका टोलीलाई खाजा खर्च वापत दिनको एक सय रुपैया उपलब्ध गराइने बताए। ‘यो लकडाउनको समयमा कतिपय मानिसहरु कोरोनाको रेडजोनबाट आएर थाहा नदिइ घरमा लुकेर बसेका छन्,’ उनले भने, ‘फेरि अहिले भारतलगायतका अन्य ठाउँबाट पनि गाउँका मानिसहरु आउन थालेकाले सतर्कता अपनाएका हौं,’ उनले भने।

    भारतलगायत अन्य देशमा रहेका गाउँपालिकाका मान्छेहरुको तथ्याङ्क संकलनको काम पनि भइरहेको उनले जानकारी गराए। बाहिरबाट पालिका भित्रिने जो कोहीलाई पनि निश्चित अवधिभर क्वारेन्टाइनमा राखिने उनले बताए। लकडाउनका कारण पठनपाठन ठप्प भएकाले शिक्षकलाई पनि खटाइएको उनको भनाइ छ।

    नाकामा आउजाउ गर्ने व्यक्तिलाई कोरोना सम्बन्धी सचेतसमेत गराउने गरेको टोलीमा खटिएका शिक्षक झवीन्ऽ रानाले बताए। ‘नयाँ मान्छे कोही आएमा सबै विवरण संकलन गर्छौ, अनि केहीबेर कोरोनाको बारेमा सचेत गराएर सम्बन्धित वडासँग समन्वय गरी क्वारेन्टाइनमा पठाउँछौ,’ उनले भने।

    धादिङको रोराङ, चितवनको इच्छाकामना र गोरखाको शहीद लखन गाउँपालिकासँग गण्डकी गाउँपालिकाको सिमाना जोडिएका छन्। सोही सिमानामा रहेका झोलुङ्ग पुलहरुमा टोली परिचालनन गरिएको उनले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...

    दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

    सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या...

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...