News Portal

गण्डकी गाउँपालिकाको झोलुङ्गे पुलको नाकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली

हिमाली संचार संवाददाता
७०३ पटक
२०७७ जेठ १३, मंगलबार

गोरखा – गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ। कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो विशेष टोली खाटाउने निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए।

वडानम्वर १ को बुटार, २ को गोर्दी तारपुल, ३ को भैसीगौडा र ४ को फुजेल स्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ। वडानम्वर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौलीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए। ‘वडानम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटेमा गरी चार ठाउँमा टोली बसेका छन्,’ उनले भने, ‘वडानम्वर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा छन्।’

उक्त टोलीले पालिकाभित्र आउजाउ गर्ने व्यक्तिको तथ्याङ्क संकलन गर्ने उनको भनाइ छ। उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खटिने उक्त टोलीले पालिका प्रवेश गर्ने नयाँ व्यक्तिको ज्वरो नाप्ने र सम्बन्धित वडासँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न सहजीकरण गर्नेछन्।

एउटा पुलमा तीन जनाको टोली खटिने जानकारी गराउँदै रानाले नाकामा खटिएका टोलीलाई खाजा खर्च वापत दिनको एक सय रुपैया उपलब्ध गराइने बताए। ‘यो लकडाउनको समयमा कतिपय मानिसहरु कोरोनाको रेडजोनबाट आएर थाहा नदिइ घरमा लुकेर बसेका छन्,’ उनले भने, ‘फेरि अहिले भारतलगायतका अन्य ठाउँबाट पनि गाउँका मानिसहरु आउन थालेकाले सतर्कता अपनाएका हौं,’ उनले भने।

भारतलगायत अन्य देशमा रहेका गाउँपालिकाका मान्छेहरुको तथ्याङ्क संकलनको काम पनि भइरहेको उनले जानकारी गराए। बाहिरबाट पालिका भित्रिने जो कोहीलाई पनि निश्चित अवधिभर क्वारेन्टाइनमा राखिने उनले बताए। लकडाउनका कारण पठनपाठन ठप्प भएकाले शिक्षकलाई पनि खटाइएको उनको भनाइ छ।

नाकामा आउजाउ गर्ने व्यक्तिलाई कोरोना सम्बन्धी सचेतसमेत गराउने गरेको टोलीमा खटिएका शिक्षक झवीन्ऽ रानाले बताए। ‘नयाँ मान्छे कोही आएमा सबै विवरण संकलन गर्छौ, अनि केहीबेर कोरोनाको बारेमा सचेत गराएर सम्बन्धित वडासँग समन्वय गरी क्वारेन्टाइनमा पठाउँछौ,’ उनले भने।

धादिङको रोराङ, चितवनको इच्छाकामना र गोरखाको शहीद लखन गाउँपालिकासँग गण्डकी गाउँपालिकाको सिमाना जोडिएका छन्। सोही सिमानामा रहेका झोलुङ्ग पुलहरुमा टोली परिचालनन गरिएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...