News Portal

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्ष बिच युद्धविराम

हिमाली संचार संवाददाता
४५५ पटक
२०७७ जेठ १२ सोमबार

काबुल – अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीनदिने युद्धविरामको घोषणा गरेका छन्। मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड रमजानका अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन्। आइतबारदेखि लागू हुने गरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिवान विद्रोहीले युद्धविरामको अवधिमा आफ्नो पक्षबाट कुनै पनि हिंसात्मक घटना नहुने बताएको छ। अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ। द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा युद्धविराम गर्ने निर्णयको स्वागत गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले यसअघि भएको शान्तिसम्झौतालाई पूर्णरूपमा पालना गर्न पनि आह्वान गरेका छन्। उनले हाल घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्तिप्रक्रिया अघि बढाउनुपर्ने जनाएका छन्।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...