News Portal

नेपालगञ्जबाट काठमाडौं उडेको यति एयरलाइन्सको बिमान ठुलाे दुर्घटना हुनबाट जाेगियाे

हिमाली संचार संवाददाता
११८० पटक

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ।नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान शनिबार साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

क्षेत्रीका अनुसार शनिबार साँझ  साढे ८ बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन्।

जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो। चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले जनाएको छ। (रासस)

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...