News Portal

प्रधानमन्त्रीलाई नेकपा नेताकै चेतावनी

हिमाली संचार संवाददाता
३८२ पटक
२०७७ जेठ ११ आइतबार

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रतिवद्धता जनाए पनि काम नगरेको भन्दै उनकै पार्टी नेकपाका स्थानीय नेता कार्यकर्ता रिसाएका छन् ।

आफ्नै घोषणा बिर्सेको भन्दै सप्तरीका जनप्रतिनिधि र नेकपाका नेताहरुले प्रधानमन्त्रीविरुद्व आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ भदौ २०७५ मा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंहकै गृह जिल्ला सप्तरीमा यथाशीघ्र निर्माण थालनी गर्ने बताएका थिए ।

तर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा यो विषय नआएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाएका छन् ।

‘जनताले विकास निर्माणका लागि, त्यसमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको उद्घोषलाई मूर्त रुप दिन अगाडि बढिसकेको योजनालाई बीच बाटोमा अवरोध पार्ने, गायब गर्ने प्रवृत्तिको विरुद्वमा आन्दोलित हुनुपर्ने स्थिति यहाँको कार्यकालमा आउन दिनुहुने छैन भन्ने विश्वासका साथ ध्यानाकर्षण गराउन चाहन्छौं’ ज्ञापनमा भनिएको छ ।

पूर्वसिंचाई मन्त्री उमेश यादव, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, पूर्वविधायक असर्फी सदा, पूर्व सांसद दानालाल चौधरीसहितका नेताले आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा प्रतिष्ठानका लागि रकम विनियोजन गर्न माग गरे ।

आफूले दिएको आश्वासन अनुरुप प्रधानमन्त्रीले चालू आर्थिक बर्षको बजेटमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड विनियोजन गर्न लगाएपनि सरकारले यो स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश नगरेपछि जिल्लाबासीले बजेट थप्न माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...