News Portal

प्रधानमन्त्रीलाई नेकपा नेताकै चेतावनी

हिमाली संचार संवाददाता
३४१ पटक
२०७७ जेठ ११ आइतबार

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रतिवद्धता जनाए पनि काम नगरेको भन्दै उनकै पार्टी नेकपाका स्थानीय नेता कार्यकर्ता रिसाएका छन् ।

आफ्नै घोषणा बिर्सेको भन्दै सप्तरीका जनप्रतिनिधि र नेकपाका नेताहरुले प्रधानमन्त्रीविरुद्व आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ भदौ २०७५ मा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंहकै गृह जिल्ला सप्तरीमा यथाशीघ्र निर्माण थालनी गर्ने बताएका थिए ।

तर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा यो विषय नआएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाएका छन् ।

‘जनताले विकास निर्माणका लागि, त्यसमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको उद्घोषलाई मूर्त रुप दिन अगाडि बढिसकेको योजनालाई बीच बाटोमा अवरोध पार्ने, गायब गर्ने प्रवृत्तिको विरुद्वमा आन्दोलित हुनुपर्ने स्थिति यहाँको कार्यकालमा आउन दिनुहुने छैन भन्ने विश्वासका साथ ध्यानाकर्षण गराउन चाहन्छौं’ ज्ञापनमा भनिएको छ ।

पूर्वसिंचाई मन्त्री उमेश यादव, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, पूर्वविधायक असर्फी सदा, पूर्व सांसद दानालाल चौधरीसहितका नेताले आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा प्रतिष्ठानका लागि रकम विनियोजन गर्न माग गरे ।

आफूले दिएको आश्वासन अनुरुप प्रधानमन्त्रीले चालू आर्थिक बर्षको बजेटमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड विनियोजन गर्न लगाएपनि सरकारले यो स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश नगरेपछि जिल्लाबासीले बजेट थप्न माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...