News Portal

दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देशका रुपमा उल्लेख गरिएपछि…

सुरेशराज न्यौपाने
५६३ पटक
२०२० मे २४, आइतबार

नयाँदिल्ली – भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ। दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो।

उक्त विज्ञापनमा आवेदनका लागि आवश्यक पर्ने पूर्वयोग्यतामा भारतीय नागरिक वा सिक्किम, भुटान वा नेपालको नागरिक र दिल्लीको बासिन्दा हुनुपर्ने उल्लेख थियो। विज्ञापनमा सिक्किमलाई भुटान र नेपालजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएका कारण दिल्ली सरकारको व्यापक आलोचना भएको छ। विज्ञापनलाई लिएर विवाद चर्किँदै गएपछि दिल्ली सरकारले जिम्मेवार अधिकारीलाई निलम्बनसमेत गरेको छ।

उक्त विज्ञापन प्रकाशित भएपछि सिक्किम सरकारले तत्काल आपत्ति जनाउँदै त्यसबाट अत्यन्त चोट पुगेको भन्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो। सिक्किम सरकारका मुख्यसचिव एससी गुप्ताले दिल्ली सरकारलाई पत्र लेख्दै सिक्किमका जनताले भारतीय नागरिक भएकोमा गर्व गर्ने गरेको भन्दै विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुगेको जनाएका थिए।

‘१६ मे १९७५ मा भारतको २२ औं राज्यका रहँदै आएका सिक्किमका जनताका जसले महान भारतको नागरिक हुनुमा गर्व गर्छन्। यो विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुऱ्याएको छ त्यसैले उक्त विज्ञापन फिर्ता गर्न अनुरोध गर्छौं,’ पत्रमा लेखिएको थियो। साथै सिक्किमका मुख्यमन्त्री प्रेमसिहं तामाङ (गोले)ले पनि विज्ञापनमा भएको गल्ती भत्सर्नायोग्य भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका थिए।

विज्ञापनलाई लिएर विवाद सिर्जना भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत् विज्ञापनलाई हटाइएको र जिम्मेवार अधिकारीलाई निलम्बन गरिएको बताएका छन्। ‘सिक्किम भारतको अभिन्न अंग हो। यस्ता त्रुटि सहन सकिँदैन।

विज्ञापन हटाइएको छ र जिम्मेवार अधिकारीमाथि कारबाही गरिएको छ,’ केजरीवालले ट्वीटमा भनेका छन्। विज्ञापनलाई लिएर दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि ट्वीट गर्दै विज्ञापनलाई तत्कालै रोक्नुपर्ने र त्यसले भारतको भौगोलिक अखण्डताको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

साथै भारतीय जनता पार्टीले अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको थियो। त्यसको जवाफमा केजरीवाल नेतृत्वको आम आद्मी पार्टीले दिल्ली सरकार अहिलेको कठिन परिस्थितिमा अन्य राज्यहरुसँग मिलेर काम गर्न चाहेको तर भाजपा र कांग्रेस राजनीति गर्न व्यस्त रहेको आरोप लगाएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...