News Portal

निकुञ्‍जमै भेटिए २० थान अवैध बन्दुक

हिमाली संचार संवाददाता
५४६ पटक
२०७७ जेठ १० शनिवार

रुकुम— शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र २० थान अवैध भरुवा बन्दुक फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकामा फैलिएको निकुञ्‍ज  क्षेत्रभित्रै लुकाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेका हुन् ।

निकुञ्‍ज ले चोरी–निकासी रोक्ने उद्देश्यले सञ्चालन गरेको गस्तीका क्रममा २० नाल भरुवा बन्दुक, एक थान बन्दुकको नालसहित घोरलका तीन छाला भेटिएको जनाएको छ ।

वैशाख २९ देखि जेठ ७ गतेसम्म निकुञ्‍ज ले चोरी–सिकारी तथा निकासी रोक्न निकुञ्‍ज भित्र विशेष गस्ती सञ्चालन गरेको थियो । निकुञ्‍ज को रोम, रसि, परिला र रहमा अवैध भरुवा बन्दुकसहित घोरलको छाला फेला परेको निकुञ्‍ज का प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । उनका अनुसार भीर, पहरा, गुफा र खोल्साखाल्सीमा लुकाइएको अवस्थामा बन्दुक फेला पारिएको थियो । ‘यसबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘अनुसन्धानपछि संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।’ रुम र रसी त्रिपुरासुन्दरी नगरपालिकामा पर्छन् भने परिला र रह ठूलीभेरी नगरपालिकाका क्षेत्र हुन् ।

भेटिएकामध्ये केही बन्दुकमा गोली भरिएको थियो । निकुञ्‍ज ले तिनलाई खाली गराएको छ । भेटिएका बन्दुक र घोरलका छाला निकुञ्‍ज को कार्यालय, सुलिगार्डमा राखिएको छ । ‘निकुञ्‍ज ऐनअनुसार ती बन्दुक जफत प्रक्रिया अघि बढाएका छौं,’ प्रमुख संरक्षण अधिकृत पौडेलले भने, ‘निकुञ्‍ज भित्रै अवैध बन्दुक भेटिएपछि आसपासका क्षेत्रका बासिन्दालाई अवैध हातहतियार बुझाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...