News Portal

  • निकुञ्‍जमै भेटिए २० थान अवैध बन्दुक

    हिमाली संचार संवाददाता
    ४८७ पटक
    २०७७ जेठ १० शनिवार

    रुकुम— शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र २० थान अवैध भरुवा बन्दुक फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकामा फैलिएको निकुञ्‍ज  क्षेत्रभित्रै लुकाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेका हुन् ।

    निकुञ्‍ज ले चोरी–निकासी रोक्ने उद्देश्यले सञ्चालन गरेको गस्तीका क्रममा २० नाल भरुवा बन्दुक, एक थान बन्दुकको नालसहित घोरलका तीन छाला भेटिएको जनाएको छ ।

    वैशाख २९ देखि जेठ ७ गतेसम्म निकुञ्‍ज ले चोरी–सिकारी तथा निकासी रोक्न निकुञ्‍ज भित्र विशेष गस्ती सञ्चालन गरेको थियो । निकुञ्‍ज को रोम, रसि, परिला र रहमा अवैध भरुवा बन्दुकसहित घोरलको छाला फेला परेको निकुञ्‍ज का प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । उनका अनुसार भीर, पहरा, गुफा र खोल्साखाल्सीमा लुकाइएको अवस्थामा बन्दुक फेला पारिएको थियो । ‘यसबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘अनुसन्धानपछि संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।’ रुम र रसी त्रिपुरासुन्दरी नगरपालिकामा पर्छन् भने परिला र रह ठूलीभेरी नगरपालिकाका क्षेत्र हुन् ।

    भेटिएकामध्ये केही बन्दुकमा गोली भरिएको थियो । निकुञ्‍ज ले तिनलाई खाली गराएको छ । भेटिएका बन्दुक र घोरलका छाला निकुञ्‍ज को कार्यालय, सुलिगार्डमा राखिएको छ । ‘निकुञ्‍ज ऐनअनुसार ती बन्दुक जफत प्रक्रिया अघि बढाएका छौं,’ प्रमुख संरक्षण अधिकृत पौडेलले भने, ‘निकुञ्‍ज भित्रै अवैध बन्दुक भेटिएपछि आसपासका क्षेत्रका बासिन्दालाई अवैध हातहतियार बुझाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...