News Portal

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशको निधन

हिमाली संचार संवाददाता
५१५ पटक
२०७७ जेठ १०, शनिबार

काठमाडौं – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सुशीला सिंहलाई निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा आफूले चिनेको बताए।

‘उहाँलाई म सानै छँदादेखि चिन्थें। मैले पहिले न्यायिक समितिमा पनि काम गरेकाले उहाँसँग चिनजान थियो,’ नेपाल बारका अध्यक्ष श्रेष्ठले भने, ‘उहाँ निष्ठावान हुनुहुन्थ्यो। महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उहाँको उल्लेखनीय योगदान रह्यो।’

उनको घर काठमाडौंको पकनाजोल हो। उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। श्रेष्ठ पनि अस्वस्थ छन्।

उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन्। उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...