News Portal

गेष्ट हाउसमा जुवा खेल्ने ५ जना दुई लाख बढी रकमसहित पक्राउ

हिमाली संचार संवाददाता
५०५ पटक
२०७७ जेठ १०, शनिवार

जनकपुरधाम – गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहु तथा धनुषाकै मिथिला बिहारी नगरपालिका ७ बस्ने ५६ वर्षीय किशोरी साह छन्।

उनीहरुको साथबाट २ लाख ७ हजार ५ सय २५ समेत बरामद भएको धनुषा प्रहरीका प्रबक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...