News Portal

भारतीय संचार माध्यमले माफी माग्नुपर्छ : मनिषा कोइराला

हिमाली संचार संवाददाता
५६४ पटक
२०७७ जेठ ९, शुक्रवार

काठमाडौं – नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय संचारमाध्यमको सिकार हुन पुगेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको बचाउमा नेपाली सेलिब्रेटी उत्रिएका छन्।

अभिनेत्री मनिषालाई भारतको खाएर चिनसँग मिलेर भारत बिरोधी गतिबिधि गरेको समेत आरोप भारतीय मिडियाले  लगाउदै आएका छन्। यतिमात्र कहाँ हो र ? नेपालीको कदमको समर्थन गरेको कारण सामाजिक प्रयोगकर्ता भारतीयले समेत मनिषाको बिरोधका आवाज उठाएका छन्।

मनिषाको बचाउमा कलाकारले आ–आफ्नो सामाजिक संजालमार्फत खुलेरै समर्थ गरिरहेका छन्। कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय संचार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन्।

अभिनेता राजेश हमालले आफ्नो फेसबुकमा एक भिडियो सन्देश पोस्ट गर्दै सरकारको कदमको समर्थन गरेका छन्। उक्त सन्देशमा राजेशले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको बताएका छन्। ‘जे नेपालको हो त्यही मात्र फिर्ता मागेका हौ। बढी होइन घटी मान्य छैन’ राजेशले भनेका छन्।

कलाकार दीपकराज गिरीले रमाइलो प्रसंग सहितको एक भिडियो पोष्ट गर्दै हाकिमको भन्दा बाबुको माया बढी हुने भन्दै मनिषाको समर्थन गरेका छन्। दीपकले भारतीय मिडियाको कामलाई समेत हाँसोमा उडाएका छन्।

यस्तै, निर्देशक नवल नेपालले भारतीय संचार माध्यमले मनिषासँग माफी माग्नु पर्ने तर्क राख्दा अर्काे निर्देशक दीपेन्द्र के खनालले ‘मेरो रगत देशका लागि काम लागे जीवन धन्य हुने थियो’ भनेर भनेका छन्।

अभिनेत्री, करिस्मा मानन्धर, केकी अधिकारी, पुजा शर्मा, रीचा शर्मा, अभिनेत्री उषा रजक, अभिनेता एसराज गराचन, गायक प्रमोद खरेल, गायिका इन्दिरा जोसी, युवराज चौलागाई, हास्यकलाकार कुमार कट्टेल, राजा राजेन्द्र पोखरेललगायत थुप्रै कलाकार।

भारतीय संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्तामाथी  अक्रोस पोख्दै मनिषाको समर्थनमा उत्रिएका छन्। मनिषाले नेपाल सरकारको कदमको समर्थन गर्दै ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिदै भारत, नेपाल र चीनको कुरा उठाएकी थिइन्।

‘सबै तीन महान देशबीच शान्तिपुर्ण र सम्मानजनक छलफलको आशा गर्दछु’ उनको ट्वीट मा उल्लेख थियो। मनिषाको यस्तो ट्वीट सार्वजनिक भएपछि भारतीय मिडिया तथा सामाजिक संजाल प्रयोगकर्ता भारतीय उनी बिरुद्ध खनिन थालेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...