News Portal

कविता “मैले किन सोच्ने ?”

नरेन्द्र राना
४१९ पटक
२०७७ जेठ ९,शुक्रवार

कविता “मैले किन सोच्ने ?”

म समुन्द्रको माछा
मलाई के थाह
खडेरी कस्तो हुन्छ,
र मैले यसको बारे किन सोच्ने ?

म हिमालको डाँफे
मलाई के थाह
तराईको गर्मी कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म टाकुराको पहरो
मलाई के थाह
फेदीको ढुंगोको नियित कस्तो हुन्छ?
र मैले यसको बारे किन सोच्ने ?

म निलो निलो आकाश
मलाई के थाह
महाप्रलयको धर्ती कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म महलको सन्तान
मलाई के थाह
गरीबी र कुपोषण कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म दरबारको राजकुमार
मलाई के थाह
झुपडीको जीवन कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म यो देशको सरकार
मलाई के थाह
निरीह जनता कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

नरेन्द्र राना, रुकुम

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...