News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साप्ताहिक राशिफल : आज २०७५ साल भाद्र १६ गते शनिवार, अगष्ट १, २०१८

    हिमाली संचार संवाददाता
    ७१६ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमि बाट लाभ रहला । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

    वृष : काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । सन्तानपक्षको मायामा कमी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साताको अन्त्यमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

    मिथुन : वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

    कर्कट : रोकिएका काम पुनः सुरु हुन सक्छन् सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । पुनर्मिलनको योग रहेको छ । । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

    सिंह : जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला । साताको अन्त्यमा समय प्रतिकुल भई कुलतमा मन जानेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    कन्या : ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । नजिकका व्यक्तिबाट धोका होला । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बुधबारबाट मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    तुला : परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । पारिवार संग रमाइलो भेटघाट हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबीे रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

    वृश्चिक : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । मध्य साताबाट सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग खौरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

    धनु : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

    मकर : मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । मंगलवार बाट उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि गणेशजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    कुम्भ : धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । रमाइलो यात्राको योग रहेको छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घ्यूरङ्ग वा  निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    मीन : कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग  पहेंलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस पहिरोमा बेपत्ता

    काठमाण्डौं। गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ...

    असोज १३ गते आईतबारको तपाईको राशिफल

    आज मिति वि.सं.२०८१ असोज १३ गते आईतबार || ई.सं.२०२४ सेप्टेम्बर २९ || नेपाल सम्बत ११४४...

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...