News Portal

भारतबाट कर्णालीमा भित्रिए झण्डै २ हजार, आरडीटी गरेर पठाइँदै

हिमाली संचार संवाददाता
३७७ पटक
२०७७ जेठ ८, बिहिबार

वीरेन्द्रनगर –भारतबाट एकैपटक करिब २ हजार कर्णालीवासी सुर्खेतको बबई नाका भएर प्रदेशमा प्रवेश गरेका छन् । उनीहरुको बबईमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिँदैछ ।

भारतका विभिन्न स्थानबाट नेपालगनज जमुनाह नाका तथा पश्चिमको गड्डाचौकी नाका हुँदै बुधबार राति बबई नाका पुगेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले १ हजार ९ सय ३० व्यक्ति नाकाबाट प्रवेश गरेका बताए । यसरी आएकामध्ये सुर्खेतका ४ सय ९७, दैलेखका ८ सय २९ , सल्यानका ४ सय ५८, जाजरकोटका ८१, जुम्लाका ११ र कालीकोटका ५४ जना छन् । उनीहरुको आरडीटी परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै सम्बन्धित स्थानीय तहको समन्वयमा क्‍वारेन्टाइनमा राखिने उनले बताए । ‘अहिले भारतबाट धेरैको संख्यामा भित्रिँदैछन्,’ मन्त्री भण्डारीले भने, ‘आरडीटी परीक्षण गरेर मात्रै व्यवस्थित क्‍वारेन्टाइनमा बसाल्न स्थानीय तहलाई अनुरोध गरिसकेका छौं ।’

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बबईमा तीव्रताका साथ अहिले आरडीटी भइरहेको बताए । ‘यो अन्तिम नतिजा होइन,’ उनले भने, ‘लगातार भित्रिँदै छन्, जाँच हुँदैछ, पोजिटिभ आएकाहरुको पीसीआर गरेपछि मात्रै शुक्रबार अन्तिम नतिजा आउनेछ ।’

डेढ साताभित्र कर्णालीमा १५ देखि २० हजार नागरिक भित्रिने अनुमान प्रदेश सरकारले गरेको छ । दैनिक १५/१६ सयको संख्यामा नागरिक भित्रिए कर्णालीमा भएको स्रोत साधन र जनशक्तिले नभ्याउने प्रमुख वाग्लेले बताए । ‘अहिलेको लागि त हामीसँग स्रोत साधन छ,’उनले भने, ‘अहिले जोखिम पनि बढ्दै गइरहेको अवस्थामा भित्रिएकाहरुको जाँच गर्न न जनशक्तिले भ्याउँछ, न साधनले नै ।’उनका अनुसार अहिले बबई नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा १२ जना र ल्याबका लागि ४ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

कर्णालीमा अहिलेसम्म ७ हजार ६ सय ६५ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई जनाको आरडीटी पोजिटिभ आएको थियो । पीसीआर रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले आरडीटी परिक्षणले सतर्क रहन मद्दत गर्ने भएकाले आरडीटी गर्नुपर्ने बताए । ‘आरडीटीले ढुक्क पनि बनाउँछ,’ उनले भने, ‘संक्रमणको अवस्था देखाएर सचेत गराउने भएकाले आरडीटी अनिवार्य छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...