News Portal

दाजुभाइ मिलेर गरे बाबुको हत्या, बुहारीबाट खुल्यो हत्याको पोल

हरि अधिकारी
८५२ पटक
२०७७ जेठ ८, बिहिबार

विराटनगर – घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ। विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदिरा खाएर घर पुगेका छोराहरुले हिर्काएर सीतारामको हत्या गरेका हुन्।

कसरी खुल्यो हत्याको कारण ?

बुधबार सीतारामकी माइली बुहारी जैनव खातुन श्रीमान नागेन्द्रलाई लिएर ससुरा हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालय रानी पुगिन्। उनले आफ्ना श्रीमानले बुबालाई मारिदिएँ भनेको र घरमा खाटमुनि खाल्डो खनेको जस्तो देखेको प्रहरीलाई बताएकी थिइन्।

त्यसपछि सीतारामको घर पुगेको प्रहरीले खाल्डो उत्खनन गर्दा शव फेला पारेको थियो। शव भेटिएको २४ घण्टा नबित्दै सीतारामका दुबै छोरालाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिए। दुबै जनाले पैसाको विषयमा विवाद हुँदा मदिराको नशामा हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सीताराम चौहानका तीनमध्ये कान्छा छोरा सम्पर्कमा छैनन्। जेठा र माइला छोरा मजदुरी गर्दै आएका थिए। विवाहित माइला छोरा छुट्टिएर बसेका छन् भने जेठा छोरा रोहित बाबुसँगै बस्दै आएका छन्। शनिबार नागेन्द्र र रोहितले काम गरेको ठाउँबाट पैसा पाएका थिए।

कामबाट पाएको पैसाले उनीहरुले मादक पदार्थ सेवन गरे र केही कपडा किने। त्यसपछि दुबै दाजुभाइ मूलघरमा गए। घरमा सीतारामले छोराहरुसँग पैसा मागेपछि विवाद सुरु भएको थियो। विवादका क्रममा सीतारामले जेठो छोरा रोहितलाई खाटबाट लडाइदिएका थिए।

खाटबाट लडाएको रिसमा रोहितले टाउकोमा कोदालो प्रहार गरेको प्रहरीले बताएको छ। रोहित पछि नागेन्द्रले पनि कोदालो प्रहार गरेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ। राति करिब ८ बजे हत्यापछि जेठा छोरा घरको बरण्डामा सुते भने माइला छोरा आफ्नो डेरामा गएका थिए। आइतबार बिहान पुनः दाजुभाई भेला भएर शव गाडेका थिए।

शव गाडेपछि दाजुभाइले फेरि सँगै बसेर मदिरा खाएको अधिकारीले बताए। ‘योजनावद्ध रुपमा भएको हत्या होइन’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मदिराको नसामा आवेगमा हत्या भएको देखिन्छ।’ मदिरा सेवन पछि डेरा पुगेका नागेन्द्रले श्रीमतीलाई आफूले बुबाको हत्या गरेको बताएका थिए।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार सीताराम माइला छोराकोमा नियमित पैसा माग्न आउँथे तर ४ दिन नआएपछि माइली बुहारीले फोन गरेकी थिइन्। फोन अफ देखिएपछि घर पुगेर हेर्दा भुइँ खोस्रिएको र केही कपडामा रगत देखिएपछि श्रीमानलाई लिएर प्रहरी कार्यालय पुगेकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...