News Portal

क्याम्पसलाई क्वारेन्टाइन बनाउन खोजेपछि विरोध

हिमाली संचार संवाददाता
४०६ पटक
२०७७ जेठ ८, बिहिबार

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन् । बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन खोजेपछि त्यस क्षेत्रका स्थानीय सडक बन्द गरेर विरोधमा उत्रिएका हुन् । उनीहरुले भारतबाट आउने व्यक्तिहरुबाट कोरोना सर्न सक्ने भन्दै विरोध जनाएका हुन् ।

यसअघि कोरोनाका सक्रमितहरुलाई राख्न थालेको भन्दै कोहलपुरको पीपरीका स्थानीय विरोधमा उत्रिएका थिए । पीपरीस्थित कृषि विकास बैंकको तालिम कक्षमा २५ जनालाई क्वारेन्टाइन बनाएर राखिएको थियो । उनीहरुको पीसीआर जाँच नेगेटिभ आएपछि घर पठाइएको छ । उनीहरु घर फर्किएपछि त्यहाँ ४१ जना कोरोना संक्रमितलाई राखिएको छ ।

कोहलपुर प्रहरीका प्रमुख डीएसपी कुलचन्द्र चन्दले स्थानीयका विरोधलाई पन्छाउँदै कोरोना संक्रमितलाई राखिएको बताए । बुधबार भारतबाट फर्किएका ६० जनालाई राख्नका लागि नगरपालिकाले तीन स्थानमा क्वारेन्टाइन बनाउने निर्णयपछि स्थानीयले सडक बन्द गरेर विरोधमा उत्रिएपछि समस्या भएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...