News Portal

उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज

हिमाली संचार संवाददाता
९१९ पटक

टोपराज शर्मा
बुटवल – उपचार सकिएको लामो समय सम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वषिर्य सुरज मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि २०७४ साल जेठ १४ गते बुटवल अस्पताल लाइन नजिकै रहेको जेनस अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएको ६ महिनापछि उनको उपचार पूरा भएको थियो तर, उपचार खर्च तिर्न नसक्दा घर जान पाएनन् । उपचारवापत तिर्नुपर्ने रकम, फार्मेसीमा औषधि किनको र होटलमा खाना खाएको पैसा नतिर्दा उनी डिस्चार्ज भएनन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको विपन्न परिवारका सुरजले उपचार गर्न आफ्नो एक कठ्ठा जग्गा दृष्टिबन्धक राखेर एक लाख रुपैयाँ लिएर आएका थिए । तर सोचे भन्दा १५ गुणा बढी बिल आएपछि तिर्न नसकेपछि उनी अस्पतालमै थन्किए । सबै रकम जोड्दा १५ लाखको हाराहारीमा खर्च भएको सुरजको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताए ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेको खबरसार्वजनिक भएपछि प्रहरीले जनप्रतिनिधिको रोहबरमा सुरजको उद्दार गरेको छ ।

डीएसपी मल्लका अनुसार अस्पतालको उपचार वापतको खर्च करिब १२ लाख, औषधीको करिब २ लाख र होटेलमा खाना खाएको एक लाख भन्दा बढी तिर्नुपर्ने देखिएको छ ।

तिर्नुपर्ने रकममा अस्पतालले २५ प्रतिशत छुट गरी पुस मसान्तसम्म सुरजका दाजु दीपक बिक र बुबा भगवती बिकले दिने सहमतिमा कागज गरेर सुरजलाई घर फर्काइएको छ ।

अस्पतालको बिलमा शंका लागे सरकारी र निजी अस्पतालका प्रतिनिधि राखेर भेरिफाई गरेर मात्र भुक्तानी दिने मौखिक सहमति भएको डीएसपी मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...