News Portal

लकडाउनको पूर्ण पालना गर्न धरान नगरबासीलाई विशेष अपिल

हिमाली संचार संवाददाता
३४० पटक
२०७७ जेठ ८, बिहिबार

धरान । धरानको शिवधारा स्थित कोरोना संक्रमित भेटिएपछि धरान उपमहानगरपालिकाले आफ्ना नगरबासीलाई लकडाउनको पूर्ण पालना गर्न विशेष अपिल गरेको छ ।

बुधबार साँझ धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्वारा हस्ताक्षर गरिएको अपिलमा भनिएको छ । यस कठिन घडीमा कोरोना भाइरसको संक्रमण वृद्धि हुन नदिन धैर्यताका साथ थप सतर्कता अपनाउनु हुन तथा लकडाउनलाई पूर्णताकासाथ पालना गर्नु हुन र घरमै बसी स्वास्थ्यकर्मी तथा विज्ञहरूले दिनु भएको सुझाव कार्यान्वयन गर्नु भई कोरोना संक्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउनु हुन अनुरोध गर्दै हार्दिक अपिल गरेको छ ।

हिजो जेठ ७ गते धरान शिवधारा स्थित एक जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएसंगै धरान नगरले एक विज्ञप्ति निकाले विशेष सतर्कताका लागि नगरबासीलाई धरमा बसेर सहयोग गर्न अनुरोध गरेको छ। त्यस्तै, शिवधारा क्षेत्र सुरक्षाकर्मी परिचालन गरेर सिल समेत गरेको छ। 

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...