News Portal

लकडाउनको पूर्ण पालना गर्न धरान नगरबासीलाई विशेष अपिल

हिमाली संचार संवाददाता
३८२ पटक
२०७७ जेठ ८, बिहिबार

धरान । धरानको शिवधारा स्थित कोरोना संक्रमित भेटिएपछि धरान उपमहानगरपालिकाले आफ्ना नगरबासीलाई लकडाउनको पूर्ण पालना गर्न विशेष अपिल गरेको छ ।

बुधबार साँझ धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्वारा हस्ताक्षर गरिएको अपिलमा भनिएको छ । यस कठिन घडीमा कोरोना भाइरसको संक्रमण वृद्धि हुन नदिन धैर्यताका साथ थप सतर्कता अपनाउनु हुन तथा लकडाउनलाई पूर्णताकासाथ पालना गर्नु हुन र घरमै बसी स्वास्थ्यकर्मी तथा विज्ञहरूले दिनु भएको सुझाव कार्यान्वयन गर्नु भई कोरोना संक्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउनु हुन अनुरोध गर्दै हार्दिक अपिल गरेको छ ।

हिजो जेठ ७ गते धरान शिवधारा स्थित एक जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएसंगै धरान नगरले एक विज्ञप्ति निकाले विशेष सतर्कताका लागि नगरबासीलाई धरमा बसेर सहयोग गर्न अनुरोध गरेको छ। त्यस्तै, शिवधारा क्षेत्र सुरक्षाकर्मी परिचालन गरेर सिल समेत गरेको छ। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...