News Portal

धरान शिवधाराकी संक्रमित महिला शिक्षिका पनि हुन

हिमाली संचार संवाददाता
३४१ पटक
२०७७ जेठ ७, बुधवार

धरान  धरान उपमहानगरपालिका धरानको शिवधारा स्थित कोरोना सङ्क्रमित महिला धरानको एक नीजि विद्यालयको शिक्षिका भएको खुलेको छ ।

उनको रिपोर्ट बारे सम्बन्धितलाई जानकारी हुनु पहिले सम्म अनलाइन मार्फत एसइई परीक्षाका तयारी गरी रहेका विद्यार्थीहरूलाई पढाई रहेकी थिइन् । अहिले धरान १३ को शिवधारा क्षेत्र सिल गरिएको छ । क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । शिबधारा क्षेत्रको कोशी राजमार्ग क्षेत्रमा कुनै पनि सवारीसाधन चल्न दिइएको छैन ।

सङ्क्रमितको श्रीमानमा स्वास्थ्य समस्या भएकोले स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भएकोले हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुवै दम्पति स्वास्थ्य प्रतिष्ठानको ओपिडीमा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए ।

सो क्रममा उनको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको पारिवारिक श्रोतले जानकारी दिएका छन् । उनको उपचारका लागि अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने तयारी भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...