News Portal

धरान शिवधाराकी संक्रमित महिला शिक्षिका पनि हुन

हिमाली संचार संवाददाता
३८५ पटक
२०७७ जेठ ७, बुधवार

धरान  धरान उपमहानगरपालिका धरानको शिवधारा स्थित कोरोना सङ्क्रमित महिला धरानको एक नीजि विद्यालयको शिक्षिका भएको खुलेको छ ।

उनको रिपोर्ट बारे सम्बन्धितलाई जानकारी हुनु पहिले सम्म अनलाइन मार्फत एसइई परीक्षाका तयारी गरी रहेका विद्यार्थीहरूलाई पढाई रहेकी थिइन् । अहिले धरान १३ को शिवधारा क्षेत्र सिल गरिएको छ । क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । शिबधारा क्षेत्रको कोशी राजमार्ग क्षेत्रमा कुनै पनि सवारीसाधन चल्न दिइएको छैन ।

सङ्क्रमितको श्रीमानमा स्वास्थ्य समस्या भएकोले स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भएकोले हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुवै दम्पति स्वास्थ्य प्रतिष्ठानको ओपिडीमा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए ।

सो क्रममा उनको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको पारिवारिक श्रोतले जानकारी दिएका छन् । उनको उपचारका लागि अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने तयारी भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...