News Portal

धरानमा पनि एक महिलालालाई कोरोना संक्रमण, सिल गर्ने तयारी

शिबधारा क्षेत्र सिल क्षेत्र गर्ने तयारी

हिमाली संचार संवाददाता
४९६ पटक
२०७७ जेठ ७, बुधवार

धरान । धरानका एक महिलामा कोरोना संक्रमण देखिएपछि अहिले धरान उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । 

धरान वडा नं. १३ स्थित शिवधारा क्षेत्रका ५२ बर्षिय एक महिलामा कोरोनाको संक्रमण देखिएपछि अहिले उक्त क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ। त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएको छ। 

शिवधारा क्षेत्र सुरक्षित गर्न लागिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताएकी छिन। उक्त क्षेत्र सिल गरेर भोली कन्ट्र्याक ट्रेसिङ गरिने र त्यसपछि थप कदम चालिने समेत बताएकी छिन् ।

उहाँले धरानबासीलाई समेत नअत्तालिन अनुरोध गरेकी छिन । बरु धरमा बसेर नगरबासीले सहयोग गर्न अनुरोध गर्दै, थप सतर्क भएर आफु तथा परिवारलाई कोरोनाको संक्रमणबाट बच्न उहाँले धरानबासीलाई अपिल गरेकी छिन ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...