News Portal

त्रिशूली नदी तर्न कडाई

हिमाली संचार संवाददाता
४०१ पटक
२०७७ जेठ ७, बुधवार

धादिङ – पृथ्वी राजमार्गबाट त्रिशूली नदी तर्न कडाई गरिएको छ । कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरिएको करिब २ महिना पुग्नै लाग्दा सदरमुकाम धादिङबेंसी लगायत त्रिशूली नदी वारिका ८ स्थानीय तहमा प्रवेश गर्न कडाई गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बुधबार बिहान बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बैठकले जिल्ला सदरमुकाम लगायतमा विशेष सावधानी अपनाउने र त्रिशूली नदी र बुढीगण्डकी नदी तरेर आउने सवारी साधनहरुलाई विशेष निगरानी गर्न बुधबार सिद्धलेकको फुर्के खोलास्थित पुल र गोरखाबाट आउने बूढीगण्डकीका आरुघाट र बुङकोटघाट पुलमा अस्थायी प्रहरी पोष्ट खडा गरेर जाँचमा कडाई गर्ने निर्णय गरेको थियो ।

निर्णयलगत्तै सिद्धलेक गाउँपालिकाले फुर्केखोला र त्रिपुरासुन्दरी गाउँपालिकाले आरुघाटमा सवारीसाधन तथा व्यक्ति जाँच गर्न अस्थायी पोष्ट निर्माण गरिएको छ । ‘जिल्ला प्रवेश गर्ने मुख्य ३ नाकाहरुमा अस्थायी पोष्ट खडा गरी प्रहरी बसिसकेको छ, प्रहरीलाई स्थानीय स्वयंसेवी युवाहरुले सहयोग गर्ने छन्’ जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने ।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...