News Portal

चन्द्रागिरिका ९ जनामा आरडिटी पोजेटिभ

हिमाली संचार संवाददाता
४७० पटक
२०७७ जेठ ७, बुधवार

काठमाडौं – चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणका क्रममा नौ व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । ‘चन्द्रागिरी नपाका वडा नं १२ बलम्बु, वडा नं १३ पुरानो नैकाप र वडा नं १४ नयाँ नैकापमा गरिएको ११३ जनाको परीक्षणमा नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो’, उनले भने ।

आरडिटी रिपोर्ट पोजेटिभ देखिएका नौ व्यक्तिको पिसीआर परीक्षण गर्न लागिएको चन्द्रागिरि नपाले जनाएको छ । आरडिटी पोजेटिभ देखिएसँगै चन्द्रागिरि नपाले क्वारेन्टिनको क्षमतालाई  समेत विस्तार गरेको छ । नगर प्रवक्ता महर्जनले थानकोट प्राथमिक अस्पताल र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टिन विस्तार गर्न लागिएको जानकारी दिए । चन्द्रागिरिले आजदेखि १०० श्ययाको क्वारेन्टिन थप गरेको छ । कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिन र गम्भीर बिरामीलाई आइसोलेसनमा राख्नका लागि क्वारेन्टिन विस्तार गर्न लागेको हो ।

केही दिनअघिमात्र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चन्द्रागिरि नपाले नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई प्राथमिकता दिँदै आएको छ । चन्द्रागिरिले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि प्रवेश गरेका व्यक्तिको लगत सङ्कलन गरी कोरोना परीक्षणलाई तीव्रता दिएको नगरप्रमुख घनश्याम गिरीले बताए ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परीक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नपाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरीले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ ।
 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...